कर्मचारी समितिमा आउन डराए, पत्रकारलाई रोकौँ

नेकपा (एमाले)का सांसद रघुजी पन्तले मिडियाकै कारण कर्मचारीहरु समितिमा आएर बोल्ने अवस्था नरहेको बताएका छन् ।सोमबार सिंहदरबारमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा बोल्दै उनले पत्रकारकै कारण मिस इन्फरमेसन गएको र समितिमा मुख्य सचिव,सचिव लगायतका कर्मचारीहरु आएर बोल्न समेत डराउने स्थिति भएको बताएका हुन ।

बिज्ञापन

संसदीय उपसमितिले अवकाश प्राप्त निजामती कर्मचारीलाई भ्रष्टाचार लगायतका कसुरमा दोषी ठहर भएपनि पेन्सन सुविधा पाउने गरी प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदन बाहिरिएपछि समितिका सदस्य पन्तले समितिमा नै नआएको र पारित नै नभएको प्रतिवेदन सञ्चारमाध्यममा प्रकाशित भएको गम्भीर हुन आग्रह गरे ।
समितिले पारित नै नगरेको भ्रष्टाचारमा दोषी ठहर कर्मचारीलाई पेन्सन दिने विषय बाहिर आएकोप्रति उनको आपत्ति थियो । संसदीय उपसमितिले अवकाशप्राप्त निजामती कर्मचारीलाई भ्रष्टाचारलगायत कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने गरी प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदन पारित नै नभइ मिडियामा आएको भन्दै उनले आपत्ति जनाएका हुन ।

बिज्ञापन

मिडियामा यो बिषयमा समाचार बाहिरिएर चौतर्फी आलोचना भए पछि मूल विधेयकको दफाअनुसारै दोषी ठहर पूर्वकर्मचारीले पेन्सन सुविधा नपाउने विषय समेटिने सहमति भएको छ ।

गत शुक्रवारमात्र समितिमा मुख्य सचिव एकनारायण अर्यालले दिएको अभिव्यक्तिका कारण कर्मचारीहरु समेत आन्दोलित हुने स्थिति बनेको छ । उनले मिडियाकै कारण मिसइन्फर्मेसन जान थालेको भन्दै गम्भीर हुन आग्रह गरेका हुन । यहाँ बोलेको कुरा बाहिर अपव्याख्या भएर उसको विरुद्धमा नारा लाग्न थालेपछि कुन मुखले मुख्यसचिवले आएर बोल्छ ? को कर्मचारी, को मुख्यसचिव आउँछ यहाँ ?

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

बागमती प्रदेश विश्वविद्यालयः अपेक्षा र चक्रवात

प्रदेशका उपसचिवलाई संघीय मन्त्रालयले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएपछि

केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो

सुशासनको पुनःस्थापना:- नेपालको राजनीतिक व्यवस्थामा सुधारका उपायहरू       

जेनजी आन्दोलनबाट प्रशासनिक रुपान्तरणका लागि सिर्जित सकारात्मक दवाव

अन्तरिम सरकारका चार मन्त्री लस्करै विदेश भ्रमणमा

दल र दलीय कर्मचारीको दबाबका कारण काम गर्न कठिन भएको सचिवको स्वीकारोक्ति

बिशेष