भनिन्छ,भ्रष्टाचारबाट आर्जित सम्पत्तिले ११ बर्षसम्म मोजमस्ती गर्न सकिन्छ । १२ बर्षपछि सावा व्याज सहित भुक्तानी गर्नुपर्ने हुन्छ । चाहे चुणामणि शर्मा हुन वा खुमबहादुर खड्का नै किन नहुन ।
बिज्ञापन
अकुत आर्जन गर्ने र श्रीसम्पत्ति ससुराली, सालीदेखि गर्लफ्रेण्डका नाममा लुकाउने एकपछि अर्का भ्रष्ट कर्मचारीको सम्पत्ति राज्यले जफत गरिसकेको छ । यसरी सम्पत्ति जफत भएका प्रशासकहरुमा नासुदेखि सहसचिवस्तरसम्मका रहेका छन् । जसमा जलउत्पन्न प्रकोप नियन्त्रण विभागका तत्कालीन डिजी अजितकुमार मिश्र, आन्तरिक राजश्व विभागका डिजी मुरारी कार्की, भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव आनन्दप्रसाद खनाल, रामाज्ञा चतुर्वेदी, केशरजंग खड्का, सरिता गिरीहरुको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने निर्णय भएको थियो । यस्तै, आपराधिक गतिविधिबाट सरिता गिरी राई (भारतीय नागरिक) ले नेपालमा खरिद गरेको घरजग्गा पनि जफत हुने भएको छ ।
बिज्ञापन
कसूरजन्य सम्पत्ति व्यवस्था विभागका अनुसार अकुत आर्जनमा मुछिएर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सडक विभागका पूर्वमहानिर्देशक आनन्दप्रसाद खनालको भक्तपुरस्थित ६५ आना जग्गा सरकारले जफत गरिसकेको छ । यस्तै, रामाज्ञा चतुर्वेदी, श्रीमती र छोरा छोरीको नाममा विभिन्न बैंकमा रहेको १४ लाख बढी रकम, नेपाल मेडिकल कलेजमा रहेको ३० हजार कित्ता शेयर, ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका नाममा रहेको ३० हजार कित्ता र शिखर पेन्टसमा रहेको ५ हजार कित्ता शेयर जफत हुने भएको छ । पर्सा र काठमाडौं ३५, काठमाडौं ७ (ख) मा रहको घर जग्गा जफत भइसकेको छ । यस्का अलवा अजितकुमार मिश्रका नाममा रहेको काठमाडौं लाजिम्पाटस्थित ८ आना २ दाम जग्गामा बनेको घर, शकुन्तला कार्कीका नाममा रहेको काठमाडौं सिनामंगल ९ स्थित १० आना ३ दाम क्षेत्रफलमा फैलिएको घर जग्गा, भारतीय नागरिक निरञ्जन होजाइले निर्मल राईको नामबाट नक्कली नागरिकता बनाई जोडेको अवैध सम्पत्तिसमेत सम्पत्ति सरकारीकरण गर्ने काम भइसकेको छ भने होजाइले झुटो परिचय बनाई ४१५९३९४ नम्बरको नागरिकता प्रमाणपत्र मात्र लिएनन्, सिन्धुपाल्चोकमा सामान्य मजदुरी गर्ने रामचन्द्र र सेती गिरीकी छोरी सरितासँग २०६५ मंसिरमा विवाह समेत गरे । निर्मल ट्रेर्डस, निर्मल राई हाउजिङ्ग एण्ड प्रोपर्टी, सरिता गिरीका नाममा विभिन्न सात वटा बैंकमा रहेको २ करोड २७ लाख ९७ हजार ३८२ रूपैयाँ कोषको नाममा स्थानान्तरण गरिँदै छ । सर्वोच्चबाट फैसला भएको नौ वर्षपछि उनीहरूको नाममा रहेको सम्पत्ति सरकारीकरण भएको छ ।
तर समस्या थियो पूर्व मन्त्री तथा काँग्रेस नेता खुमबहादुर खड्काको सम्पत्ति जफतमा । अदालतले फैसला गरेको १२ वर्षपछि सरकारले नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको श्रीसम्पत्ति जफत गर्नै काम अन्तिम चरणमा पु¥याएको हो ।
बिज्ञापन
२०६९ साउन ३० गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको इजलासले पूर्वमन्त्री खड्कालाई भ्रष्टाचारी ठहर गर्दै ललितपुरमा रहेको खड्काको घर बनेको जग्गा जफत गर्ने फैसला सुनाएको थियो । खड्काको सानेपामा रहेको १ रोपनी ६ आनाभन्दा बढी जग्गा जफत गर्नुका साथै २० लाख ५६ हजार ९८७ रूपैयाँ असुल उपर गर्नुपर्ने फैसलामा भनेको थियो । सो विरुद्ध खड्काको परिवार पुनरावेदनमा गएको भए पनि पुनरावेदनमा समेत हारेर खड्काको परिवारले अदालतको फैसलाअनुसार २० लाख रुपैयाँ कोषमा हालैमात्र जम्मा गरेसँगै एक रोपनी ६ आनामा फैलिएको कित्ता नम्बर १०७ को एक रोपनी ६ आना जग्गा जफत गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो । कित्ता नम्बर १८३ को एक आना एक पैसा जग्गामध्येबाट २० लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गर्न सर्वोच्चको फैसला थियो । तर,त्यसरी जफ गर्न,लिलाम निकाल्न समेत सरकारलाई अप्ठ्यारो परिरहेको स्थितिमा खुमबहादुरको परिवारको तर्फबाट हालैमात्र राज्यकोषमा २० लाख ५६ हजार ९ सय ८८ दाखिला भएको कसुरजन्य व्यवस्था विभागले जनाएको छ ।
सरकारले भ्रष्टाचारी प्रमाणीत भएका नासुदेखि महानिर्देशकसम्मका सम्पत्ति जफत गरिसकेको भए पनि काँग्रेसी नेताहरुको दबाबका कारण पूर्व मन्त्री खुमबहादुरको घर जग्गा जफत गर्न सकेको थिएन । हालैमात्र घर भएको जग्गाबाट जफत गर्नुपर्ने २० लाख ५६ हजार ९ सय ८८ तिरेर कोषमा दाखिला गरेसँगै सानेपामा रहेको डेढ रोपनी जग्गा सरकारको नाममा आउन लागेको हो । उक्त घरजग्गा हाल खुमबहादुरकी श्रीमती शिला तथा छोरा अनुरागले प्रयोग गर्दै आएका छन् ।