अशोक शेरचनको पक्षमा सर्वाेच्चको आदेश,०८३ माघसम्मै सिइओको कुर्सीमा

सर्वाेच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनको पक्षमा अन्तरिम आदेश दिएको छ । प्रमुख कार्यकारी अधिकृतको कार्यकाल सम्बन्धी विवादलाई सर्वोच्च अदालतले रिट निवेदकको माग अनुसार अन्तरिम आदेश दिएको हो ।

बिज्ञापन

उनको कार्यकालसम्बन्धी सम्बन्धमा यस अघि उच्च अदालत पाटनले गरेको व्याख्याविरुद्ध प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन सर्वाेच्च अदालत पुगेका थिए । यस अघि उच्च अदालत पाटनको व्याख्याविरुद्ध शेरचनले २०८१ चैत ३१ मा सर्वोच्चमा रिट दायर गरेका थिए ।

बिज्ञापन

शेरचन प्रभु बैंकमा तेस्रो कार्यकाल नियुक्ति भएको दाबीसहित अधिवक्ता अनिता थापा केसीले दायर गरेको रिटमा उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेल र न्यायाधीश प्रकाश खरेलको संयुक्त इजालसले बाफिया कार्यान्वयन भएको मिति अर्थात् २०७४ वैशाख १० गतेदेखि ठ्याक्कै २ कार्यकाल अर्थात् ८ वर्ष सीईओको रुपमा काम गर्न अयोग्य नरहेको व्याख्या गरेको थियो । अधिवक्ता थापाले २०७० माघ १९ गते भएको अशोक शेरचनको नियुक्ति पहिलो, २०७५ माघ १० गतेको दोस्रो र २०७९ माघमा तेस्रो रहेको दाबी गर्दै थापाले रिट गरेकी थिइन् । २०७९ मा भएको नियुक्तिलाई तेस्रो कार्यकाल मान्दै उनको नियुक्ति बाफियाविपरित भएको दाबी गर्दै शेरचनको नियुक्ति तत्काल खारेज गर्नुपर्ने माग गरेकी थिइन । बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ ले बैंकको सीईओको एक कार्यकाल चार वर्ष हुने र दुईपटक सम्म मात्रै सीईओ बन्न पाउने व्यवस्था गरेको भन्दै अधिवक्ता अनिता थापाले उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् ।

सो पछि नेपाल राष्ट्र बैंक र पाटन उच्च अदालतलाई विपक्षी बनाउँदै दायर गरेको रिटमाथि सुनुवाई गर्दै बुधबार न्यायधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेशसँगै शेरचनको पक्षमा अन्तरिम आदेश दिएको छ ।

बिज्ञापन

शेरचनले बैंकको सञ्चालक समितिको नियुक्तिअनुसार २०८३ माघसम्म नै काम गर्न पाउनुपर्ने मागसहित दायर गरेको रिटमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शेरचनको पक्षमा आदेश गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तरिम सरकारका चार मन्त्री लस्करै विदेश भ्रमणमा

दल र दलीय कर्मचारीको दबाबका कारण काम गर्न कठिन भएको सचिवको स्वीकारोक्ति

प्रशासनका १२,शिक्षा २ र इञ्जिनियरिङका १ सहसचिवको सरुवा :गृहमा १ भित्रदा ३ बाहिरिए

सरुवा,बढुवादेखि आयोग खारेजीसम्म : यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय

मालपोतको सुव्वा,कम्युटर अपरेटर,भूमाफियासहित चार विरुद्ध पक्राउ पूर्जी जारी

प्रचण्ड र ओलीको सुरक्षार्थ खटिएका २७ सशस्त्र प्रहरी फिर्ता

काठमाडौं प्रशासनले एमालेलाई दिएन मोटरसाइकल र्याली र सभा गर्न अनुमति

सरकारी जग्गा व्यक्तिको नाममा! रंगेली मालपोतको सेटिङमा सुकुमबासी बस्ती बेचियो

बिशेष