नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिटको सुनुवाईका लागि आज पेशी तोकिएको छ । उक्त रिट विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलाशमा सुनुवाइका लागि आज पेशी तोकिएको छ ।
बिज्ञापन
गत फागुन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको थियो । राष्ट्रिय योजना आयोगका सम्बन्धित शाखा हेर्ने सदस्य, अर्थमन्त्रालयका सचिव घनश्याम उपाध्याय तथा विज्ञ भनेर नियुक्त भएका ज्योतिचन्द्र ओझा सम्मिलित कार्यदलले गत फागुन ११ गते बीमा प्राधिकरणको अध्यक्षका लागि पूर्व सचिव रामशरण पुडासैनी, डा दामोदर बसौला र शरद ओझाको नाम सिफारिस गरेको थियो । तर ३३ बर्षे ओझालाई मापदण्डै संशोधन गरेर नियुक्ति गरिएको थियो । सो नियुक्ति पछि उनको योग्यतामाथि प्रश्न उठाउँदै सर्वाेच्चमा रिट दायर भएको थियो ।
बिज्ञापन
रातारात मापदण्डै फेरबदल गरेर ३३ बर्षे शरद ओझालाई नियुक्ति दिलाइएको छ । अर्थ मन्त्रालय मातहतका कुनै पनि सार्वजनिक निकायमा नियुक्ति हुनका लागि ३५ बर्ष उमेर कटेको र ६५ बर्ष सेवा अवधि पूरा नभएको हुनुपर्ने मापदण्ड छ । तर त्यहाँ ०४८ साल १० महिना १ गते जन्मिएका शरदलाई नियुक्ति गरिएको छ । वीमा प्राधिकरणको अध्यक्ष नियुक्ति सम्बन्धि व्यवस्थामा कम्तिमा पाँच बर्ष सम्बन्धित क्षेत्रमा उच्च व्यवस्थापकीय नेतृत्व गरेको हुनुपर्ने व्यवस्था गरेको छ तर शरदको नाममा सूचना विभागबाट जारी भएको प्रेस पास नम्बर २०४३५ हेर्दा २०८१ असार ३१ सम्म सम्बन्धित मिडिया क्लिकमाण्डुबाट नवीकरण भएको देखिन्छ । उनले ०७२ सालदेखि २०८१ सालसम्म पूर्णकालिन रुपमा दैनिक ८ घण्टा पत्रकारिता गरेको भनेर नियुक्ती पत्र लिएको विवरण सूचना विभागको अभिलेखमा भेटिन्छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले नेपाल आर्थिक पत्रकार समाजबाट (सेजन)बाट दिइने पुरस्कार मिति २०८१ मंसिर १५ गते कार्यक्रमका पत्रकारका रुपमा पुरस्कृत समेत गरेका छन् । एउटै व्यक्ति एकै समयमा पत्रकार र व्यवस्थापक कसरी हुन सक्छ ? यो प्रश्न जोडका साथ अहिले उठाउन थालिएको छ । शरदले सोही सञ्चार माध्यममा उच्च व्यवस्थापनमा कार्य गरेको भन्ने झुठो अनुभवको र कीर्ते प्रमाण बनाई राजकीय सत्ताको प्रयोग हुने मन्त्रिपरिषदको बैठकमा पेश गरी गराई झुक्क्याएर नियुक्ती लिएको बिषय अख्तियारदेखि अदालतसम्म प्रवेश पाएको छ ।
सोही रिट पछि गत २० गते भएको प्रारम्भिक सुनुवाईमा विपक्षीहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थमन्त्रालय, बीमा प्राधिकरणको अध्यक्ष छनौट समिति, बीमा प्राधिकरण र अध्यक्षमा नियुक्त भएका शरद ओझालाई योग्यता नै नपुगी नियुक्ती लिएको तथा दिलाइएको सम्बन्धमा लिखित जवाफ पेश गर्न १५ दिनको समय दिइएको छ ।
बिज्ञापन