राजावादी आन्दोलनका कमाण्डर नजरबन्दमा,धवल,रविन्द्र र स्वागतसहित ५१ पक्राउ

प्रहरीले पूर्वराजा समर्थकहरुको प्रदर्शनको मूल नेतृत्व गरिरहेका नेताहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।हिजोको आन्दोलनमा अमानवीय,अमर्यादित तथा गैरकानुनी आपराधिक गतिविधिमा संलग्न रहेको भेटिए पछि राजावादी समर्थक आन्दोलनकारीहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको हो । प्रहरीले राजावादी आन्दोलनका कमाण्डरलाई भने घरमै नजरबन्दमा राखेको छ ।

बिज्ञापन

प्रहरीले राप्रपाका अन्य दुई शीर्ष नेतालाई भने ललितपुरको सातदोबाटोबाट शुक्रबार साँझ प्रकाउ गरेको छ । जसअनुसार, राप्रपाका महामन्त्री धवल शमशेर राणा र रविन्द्र मिश्र पक्राउ परेका छन् । उनीहरुलाई ललितपुरको बीएण्डबी अस्पतालमा भर्ना भएका केही घाइतेलाई भेटेर फर्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखिएको छ । यस्तै अधिवक्ता स्वागत नेपाल पनि पक्राउ परेका छन् ।

बिज्ञापन

उता, सोही अभियानका संयोजक नवराज सुवेदीको घरमा भने प्रहरी परिचालन भएको छ । राजसंस्था पुनः स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलाई गौरीघाटस्थित घरमै नजरबन्दमा राखिएको छ । प्रहरीका अनुसार,शुक्रबार राति अबेरसम्म पक्राउ पर्ने संख्या ५१ पुगेको छन् ।

यस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईँको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु, उपचारमा लापरबाहीको आरोप

एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

लोक सेवाले माग्यो २५४ अधिकृत

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

सरकारविरुद्ध मुद्दा हाल्ने डीएफओमाथि प्रशासनिक कारबाही, निर्देशनालयमा तानियो

सामान्यको सुशासन : शाखा अधिकृतलाई धमाधम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

४ उपसचिव,३८ शाखा अधिकृतको सरुवा, १८ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

किराना र कस्मेटिक पसल अनुगमनमै बित्यो डिजी ज्ञवालीको चार महिना

बिशेष