भारतबाट अवैधरुपमा ल्याउँदै गरेको ३८ बोरा भारतीय युरिया मल प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिज्ञापन
गएराति ९ बजे झापा गाउँपालिका-४ स्थित नयाँ टोलमा इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ लुकाई छिपाई बा. प्रदेश ०३–००१च १०३१ नम्बर को पिकअप भ्यानमा ल्याउँदै गरेको भारतीय युरिया मल नियन्त्रणमा लिएको हो ।
बिज्ञापन
आवश्यक कारबाहीको लागि बरामद मल र सवारी साधन भद्रपुर भन्सार कार्यालय पठाइएको छ । चालक हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


 
							 
    








 
											 
											 
											 
											 
											















 
								 
								 
								 
								 
								 
								 
								 
								 
                     
                     
                     
                                 
                                 
                                 
                                 
                                