सचिव बैठकमा मुख्यसचिव अर्यालका ८७ निर्देशन,कार्यान्वयनमा उदासीन

सचिव बैठकले आधुनिक प्रविधिको उपयोग गरी नागरिक एपमार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । सोमबार मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक सेवा प्रवाह गर्ने सबै मन्त्रालय तथा निकायलाई नागरिक एपमार्फत् सेवा प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

बिज्ञापन

सेवाको मापदण्ड, विधि, समय, तिर्नुपर्ने राजस्व, जिम्मेवार व्यक्ति लगायतका विषय स्पष्ट हुने गरी आधुनिक प्रविधिको उपयोग गरी नागरिक एपमार्फत् सेवा प्रदान गर्ने व्यवस्था मिलाउने । प्रदेश र स्थानीय तहमा समेत यसै बमोजिम गर्न अनुरोध गर्ने’, सचिव बैठकको निर्णयमा भनिएको छ ।

बिज्ञापन

जस अनुसार,कम्पनी वा व्यवसाय दर्ता, सवारी साधनको दर्ता वा खरिद बिक्री,सवारी चालक अनुमतिपत्र प्राप्ति तथा नवीकरण, पञ्जिकरणसम्बन्धी सेवा, भन्सार तथा करसम्बन्धी सेवा, स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोषसम्बन्धी सेवा, घर जग्गा कारोबार, राहदानी वितरण, नागरिकतासम्बन्धी सेवा, वैदेशिक रोजगारसम्बन्धी सेवाको डिजिटल सेवा रूपान्तरण योजना तर्जुमा गरी सम्बन्धित मन्त्रालयले कार्यान्वयनमा ल्याउने निर्णय समेत भएको छ ।

यस्तै, जग्गाको विवरण अद्यावधिक (हाल साविक) गर्दा बहुसंख्यक जग्गाधनीले दु ख पाएको र अनावश्यक हैरानी खेप्नुपरेको कारण विवादमा परेका बोहक जग्गाको हाल साविक गर्नु नपर्ने निर्देशन भउको छ ।
निर्णयमा भनिएको छ,सार्वजनिक जग्गा, सडक विस्तार,सँधियारसँग हकभोगको विवाद परेको अवस्थामा बाहेक अन्य अवस्थामा हालसाविक गरिरहनु नपर्ने गरी सेवा प्रवाहलाई चुस्तदुरूस्त बनाउने व्यवस्था तत्कालै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मिलाउने निर्णय भएको छ ।
यस्तै वार्षिक नीति तथा कार्यक्रम तयार गरी सम्बन्धित मन्त्रालयका सचिवको हस्ताक्षरसहित ३ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ ।

बिज्ञापन

सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणका सम्बन्धमा नेपाल जोखिम सूचीमा परेको सन्दर्भमा वित्तीय कारबाही कार्यदलबाट स्वीकृत कार्ययोजना कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयबाट समयसीमा तथा मन्त्रालयगत जिम्मेवारीसहितको कार्यान्वयन कार्ययोजना तर्जुमा गरी सबै मन्त्रालयमा पत्राचार गर्न र सबै मन्त्रालयले उक्त कार्ययोजनालाई पहिलो प्राथमिकतामा राखी कार्यान्वयन गर्ने, गराउने निर्णय भएको हो ।

यस्तै सबै मन्त्रालयले सिंहदरबार परिसरभित्र आ आफ्नो मन्त्रालय र मातहतका निकायका नाममा रहेका पुराना र काम नलाग्ने सवारी साधन सिंहदरबार बाहिरका कार्यालयमा हस्तान्तरण वा भण्डारण गरी जिन्सी सामग्रीको उचित व्यवस्थापन एवं सिंहदरबार सौन्दर्यको कार्य समयमै सम्पन्न गर्न,गराउन समेत निर्देशन दिइएको हो ।
अर्याल मुख्य सचिव भए यता उनले हरेक महिनाको पहिलो साता नियमित रूपमा सचिव बैठक राखेर विभिन्न महत्वपूर्ण निर्णय गराउँदै आइरहेका छन् ।

पछिल्ला ७ महिनामा मुख्य सचिव अर्यालले १० पटक सचिव बैठक डाकेर विभिन्न ८७ वटा निर्देशनहरु दिएका भए पनि अधिकांश निर्णय कार्यान्वयन हुन नसकेपछि मुख्य सचिव अर्याल सचिवहरूसँग असन्तुष्ट बन्न पुगेका छन् ।

फागुन महिनामा १० वटा,माघ महिनामा ८,पुसमा सात,मंसिरमा ११,कार्तिकमा तीन पटक बसेको बैठकले २०,असोजमा दुई पटक बसेको बैठकले ३८ वटा गरी कूल ८७ वटा निर्देशन दिएका थिए यद्यपि ती निर्देशनहरु कार्यन्वयन नहुँदा गत फागुनमा बसेको सचिव बैठकामा‘यसअघि विभिन्न ६ वटा बैठकका निर्देशनहरु निर्धारित अवधिभित्रै सम्पादन गर्ने, गराउने साथै कार्यान्वयन भइनसकेका र हुने क्रममा रहेका निर्णयहरू यथाशीघ्र कार्यान्वयन गर्ने, गराउने निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।