निजामती सेवामा सुधारका लागि सदाचार संस्कृति र व्यवहार रूपान्तरणको आवश्यकता

तोमनाथ उप्रेती
सदाचार व्यक्तिको आचरणमा इमानदारी, निष्पक्षता, स्वच्छता र जिम्मेवारीको भावना हो। यसको अनुपालनले सार्वजनिक सेवामा पारदर्शिता र जवाफदेही सुनिश्चित गर्न मद्दत पुर्याउँछ। जब सार्वजनिक सेवाका पदाधिकारीहरू आफ्नो जिम्मेवारीलाई नैतिक र इमानदार ढंगले पूरा गर्छन्, तब जनतामा प्रशासनप्रति विश्वास बढ्छ र प्रशासनिक कार्यहरू द्रुत, प्रभावकारी र समावेशी ढंगले सम्पन्न हुन्छन्।
नेपालको निजामती सेवामा सुधार ल्याउनका लागि सदाचार संस्कृति र व्यवहार रूपान्तरण एक अत्यन्तै महत्वपूर्ण पक्ष हो। सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको आचरण, नैतिक मूल्य र सदाचारबाट देशको प्रशासनिक ढाँचा बलियो र प्रभावकारी बन्न सक्छ। यदि सेवाग्राहीसँग कर्मचारीहरूको व्यवहार असहयोगपूर्ण, भ्रष्ट वा असदाचारपूर्ण छ भने, त्यसले न केवल प्रशासनमा अवरोध पुर्याउँछ, बरु जनताको विश्वास पनि गुमाउँछ।

बिज्ञापन

निजामती सेवामा सुधारको आवश्यकता यस कारण छ कि सरकारी कर्मचारीहरूले कार्य गर्दा आफ्ना व्यक्तिगत स्वार्थ र लोभलाई त्यागेर केवल सेवाग्राहीको भलाईका लागि काम गर्नु पर्छ। यसका लागि एक मजबूत नैतिक आचरण, कामको प्रति समर्पण र योग्य नेतृत्वको आवश्यकता छ। सरकार र सार्वजनिक संस्थाहरूलाई आदर्श कार्यान्वयनको लागि उपयुक्त नीतिहरू र आचार संहिताहरू निर्माण गर्नुपर्नेछ।
सार्वजनिक क्षेत्रका पदाधिकारीले कार्यसम्पादन गर्दा प्रकट गर्ने व्यवहारमा नैतिकता र सदाचारिता देखिनुपर्छ । कार्यसम्पादनलाई व्यावसायिक र जनमुखी बनाउने मूल्य, सिद्धान्त र मानकहरूको अवलम्बन नै नैतिकता र सदाचारिता हो सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा आचरण हो । प्रत्येक पदाधिकारीबाट सेवाग्राहीले खास व्यवहारको अपेक्षा गछर्न् । त्यो अपेक्षा पूरा गर्न सके मात्र सार्वजनिक प्रशासनमा प्रभावकारिता आई सर्वसाधारण सन्तुष्ट हुन्छन् । राज्यलाई सधैं इमानदार मानिसहरूको खाँचो पर्दछ ।सर्वसाधारणहरूको अनुभूतिमा नैतिक आचरणको स्तर निकै कमजोर रहेको अवस्था छ । नागरिकहरू स्तरीय सेवा र सेवामैत्री व्यवहारको अपेक्षामा छन्। तर त्यसको सामथ्र्य र तत्परता सार्वजनिक क्षेत्रमा देखिएको छैन। संस्थाहरूको कर्मचारीतन्त्रीकरण र सेवा वितरणमा राजनीतीकरणले प्रशासनयन्त्र पक्षपाती देखिएको छ ।
सदाचार नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार , क्रियाकलाप वा चालचलनको सञ्चालन तथा निर्देशन गर्दछ । प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो । सर्वप्रथम प्रशियामा प्रशासकीय आचरण सम्बन्धी अवधारणाको विकास भएको पाइन्छ ।सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा आचरण हो ।

बिज्ञापन

सुशासन प्रसाशन भन्दा अगाडी हुन्छ, यसले शासनको मार्गमा दक्षताको विकासका लागि अग्रसर गराउँछ जसले यसको वैधानिकता र विश्वसनीयता बढाउँछ ।त्यस्तै सदाचार राम्रो आचरणमा मात्र सिमित छैन, यसले त हाम्रो जीवनलाई गति र दिशा दिन्छ जसले एक व्यक्तिलाई सधैँ अगाडी बढ्न सहयोग गर्दछ्र त्यसैले त सदाचारी नागरिक र शासक भएको देशमा सुशासन कायम हुन्छ र सुशासन भएमा राष्ट्र अग्रगतिमा जान्छ र समृद्धि सम्भव हुन्छ । महात्मा गान्धीले परिश्रमविनाको धन र चरित्रविनाको ज्ञानलाई पाप मानेका थिए्र सदचारिता असल जीवन जिउनका लागि अपरिहार्य कुरा हो्र नागरिकमा जति धेरै सदचारितको विकास हुन्छ, सुशासनमा त्यतिनै बढी सहजता हुन्छ्र सुशासन कायम रहेको राष्ट्र विकास, समृद्धिका हिसाबले अगाडी हुन्छ, नागरिक सुखी हुन्छन् ।
सदाचार र सुशासन एक अर्काका परिपूरक हुन् । सदाचार भएका नागरिक बिना सुशासन कायम गर्न अप्ठ्यारो हुन्छ भने सुशासन कायम गर्न सकिएन भने सदचारिता हराउदै जान्छ र दुराचारीले समाजमा राज गर्छन् जसको कारण रास्ट्रको गरिमा, समृद्धि बढ्नु त परै जाओस् सामान्य मानवीय सम्बन्धमा समेत गिरावट आउछ्र त्यस कारण राष्ट्र निर्माणमा सदाचार र सुशासनको ठुलो महत्व छ ।मानव समाज नीति, कर्म र आचरणबाट चल्ने हो।सदाचार व्यक्तिको विवेक वा अन्तरात्मामा छिपेर रहने त्यस्तो शक्ति हो, जसले व्यक्तिलाई गलत काम नगर्न सचेत गराउँछ । सदाचारी मानिस अन्तरात्माको यही आवाजका कारण स्वार्थ, लोभ, लालसा, आग्रहजस्ता कमजोरीसँग सम्झौता गर्दैनन् । अहिले नेपाली समाजमा चाहिएको विषय नै सदाचार र सुशासन हो । सदाचार र सुशासन एक–अर्कामा अन्तर–आबद्धित छन् । सार्वजनिक संस्थाहरू समाजलाई व्यवस्थित गर्न सिर्जना भएका हुन् । संस्थाको नेतृत्व पनि समाजमा असल आचरण स्थापित गरी संस्कार र सभ्यता व्यवस्थित गर्न निर्माण भएको हुन्छ । नेतृत्व मूलतः विधि र निष्ठाको प्रतीक हो । नीतिप्रतिको निष्ठा नेतृत्व निर्माणको आधार हो, यसरी नेतृत्व निर्माण भएपछि उसले नीतिनिष्ठालाई बलियो बनाउँछ । नेतृत्वको उदाहरणीयताले संस्थाहरू बलिया हुन्छन् । संस्थाहरू बलिया हुनु भनेको सुशासनको जग बस्नु हो । सुशासनका लागि नै पदाधिकारी तथा संस्थाहरू परिचालित हुन्छन्, जसमा नैतिकता, सदाचार र व्यावसयिकताका मूल्य आचरणमा देखिनुपर्छ ।
सदाचारका मान्यताका रूपमा वैधानिकता, सेवाभाव, निष्पक्षता, स्वच्छता, स्वार्थहीनता, इमानदारिता र सदाचारिता राख्न खोजिएको थियो । यी विषय कार्यान्वयन हुँदा समाज नै सभ्य हुने हो, प्रत्येक प्रत्येकप्रति जवाफदेही हुने हुन्, तर पनि आदर्श आचारसंहितामा सहमति बन्न सकेन । आचरणगत पक्षले सार्वजनिक पदाधिकारी तथा संस्थालाई आदर्श अवस्थामा पुर्याउन मद्दत गर्छन् । त्यसैले संस्थाका मूल्य घोषणा गर्ने र ती मूल्यअनुरूपका पदाधिकारीका आचरण व्यवस्थित गर्न नीति, नियम र आचारसंहिता लागू गर्ने, जिम्मेवारी वहन गर्दा निष्ठाको शपथ लिनेजस्ता कार्यहरू गरिन्छन् । तर, सार्वजनिक क्षेत्रमा नीति, निष्ठा एवं समर्पणका पक्षहरू कमजोर हुँदै गएका छन् । व्यक्तिगत, सांगठनिक, सामाजिक र व्यावसायिक तहमा आवश्यक आचरणहरू स्खलित भएका छन् । यसैले अहिलेको सबैभन्दा चाहिएको विषय नै सदाचार हो, जसले सुशासनलाई दिगो बनाउन सक्छ । व्यक्ति आचारच्यूत किन हुन्छ भन्ने विषयमा उत्तर पाइन्न । तर, घटनाक्रम र प्रवृत्तिको विश्लेषणले केही हदमा उत्तर खोज्न भने सकिन्छ । जन्मले मानिस असल हुन्छ, कोही पनि खराब हुँदैन, कर्मले मात्र मानिस खराब वा असल भनिने हो । पारिवारिक, सामाजिक परिवेश, अभिमुखीकरण, रहनसहन, मूल्य, संस्कृतिजस्ता पक्षहरूले व्यक्तिलाई खराब वा असल बनाउँछ । जब व्यक्ति असल प्रक्रियामा लाग्छ, झनै असल र सत्कर्मी बन्छ, नैतिक बन्छ ।

मानसिक चेत, आत्मिक शक्ति र विवेकले मानिसलाई सकारात्मक बनाउँदै लान्छ । स–साना मानवीय कमजोरीबाट पनि प्रायश्चित गर्दै पछिल्ला व्यवहार सुधार्दै जान्छ ।स्वार्थ, लोभ, लालसा, आसक्ति, आग्रह आदिलाई दबाउने सामथ्र्य वा अन्तरमूल्य नै सदाचारको जग हो। कसैले के भन्छ भन्दा पनि के गर्छ र उसप्रति के भनिन्छ भन्ने पक्ष महत्तम हुन्छ सदाचार संस्कृतिमा। कहिलेकाहीं सत्य र उचित कामका लागि परिवेश, समुदाय, समूहमा व्यक्ति एक्लै उभिने साहसमा रहन सक्नुपर्छ ।
सदाचार सत्चरित्र हो, सत्चरित्रभन्दा दुष्चरित्रको फैलावट र क्षणिक शक्ति बढी देखिन्छ। सदाचारको संस्कृति नबसेको समाजमा पद, पैसा, प्रतिष्ठा र प्रेमको लोभमा व्यक्ति दुराचारी बन्ने गर्छ र सदाचार छायामा पर्छ । अनुशासन र इमानदारीको सीमा लालसा, लोभ र आग्रहले भत्काउँछ, यसको विपरीत इमानदारी, अनुशासनलाई सदाचारले ऊर्जा दिन्छ। असल बुझाइ, असल विचार र असल कार्यले नै असल चाहना प्राप्ति हुन्छ ।राजनीतिक रूपमा तटस्थ, आर्थिक रूपमा सदाचारी, सामाजिक रूपमा नैतिक, पेसागत रूपमा व्यावसायिक कर्मचारी नै राज्य प्रभावकारिता विस्तार गर्ने आधार हुन् । समकालीन समाजमा यिनै कुराको औधी माग भइरहेको छ, जसलाई सिद्ध गर्न राज्य संयन्त्रमाथि व्यापक दबाब परिरहेको अवस्था विधमान छ ।
सबै व्यक्तिहरू सार्वजनिक ओहोदा लिनका लागि योग्य हुँदैनन् । सार्वजनिक जीवन निर्वाहका लागि सीप र दक्षता त चाहिन्छ नै । त्यति मात्र पर्याप्त हुँदैन । उ, नैतिक, इमानदार र सदाचार रुपमा योग्य हुनुपर्छ । जिम्मेवारी लिने व्यक्तिहरू योग्य, इमानदार र जवाफदेही हुनुपर्छ । उसका हरेक व्यवहारले नैतिकता र औचित्यको पुष्टि गर्न सक्नुपर्छ, सर्वसाधारणको मन जितेको हुनुपर्छ । संगठनभित्र निष्ठाका साथै सामाजिक रहनसहन पनि सदाचारी हुनुपर्छ । जनताको सेवक भएकाले सर्वसाधारणसँग उसको प्रस्तुति मीठो र विनम्र हुनैपर्छ ।लोकतन्त्र, शान्ति, सुशासन, अनुशासन र समृद्धिको आधारभूमि सदाचार हो । सामाजिक–आर्थिक एवं राजनीतिक क्षेत्रमा सदाचारले सर्वोच्च स्थान ओगटेको हुन्छ । लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासका लागि सुशासन अनिवार्य शर्त हो । लोकतन्त्र विनाको सुशासन र सुशासन विनाको लोकतन्त्र फस्टाउन सक्दैन । देशको शासन व्यवस्था सक्षम, प्रभावकारी र सफल हुन सार्वजनिक प्रशासनमा नैतिकता, समर्पणभाव, पारदर्शिता, अधिकार प्रत्यायोजन, उत्तरदायित्व, स्वच्छता, जवाफदेही र आर्थिक सदाचार रहनुपर्छ ।राम्रो आचरण, असल चालचलन र सकारात्मक व्यवहार सदाचार हो । सुशासनको एक महत्वपूर्ण खम्बा भनेको सदाचारलाई लिन सकिन्छ । सदाचार भनेको नीति, नियम र व्यवहारप्रति उच्च सतर्क रही कार्य गर्ने सुविचार, उत्तम आचरण, स्वच्छता, निष्पक्षता एवं इमानदारी हो। सदाचार सैद्धान्तिक विषय नभएर यो आत्मानुभूतिको आन्तरिक आत्मानुशासन सम्बन्धी विज्ञान र अन्तरवोध गर्ने विषय हो ।

बिज्ञापन

नैतिकतो सुविचार, असल वा उत्तम आचरण, असल व्यवहार, स्वच्छता, निष्पक्षता, इमानदारी एवं सकारात्मक सोच हो । नैतिक मूल्यमान्यता, आदर्श र सिद्धान्त विपरीत गरिने नकारात्मक व्यवहार भ्रष्टाचार हो । पतित आचरण, दूषित मर्यादा, नियम, कानुन विपरीत नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण व्यवहार भ्रष्टाचार हो। नैतिकता र उच्च इमानदारी देखाउनुपर्ने पदाधिकारीमाथि बारम्बार नैतिक आचरणका प्रश्न ठडिएका छन् । यस अवस्थामा सार्वजनिक प्रशासनमा नैतिक आचरणलाई संस्थागत गर्नुको विकल्प छैन । नीति, नियम र व्यवहारप्रति उच्चसतर्क रही गरिने उदाहरणीय चरित्र नैतिकता हो । नीति मार्ग अवलम्बन गरी लाभकारी हुनु नैतिकता हो ।
बुद्धधर्मले सम्पत्ति र शक्तिको सञ्चयबाट जीवन सफल नहुनेतर्फ संकेत गर्दै नैतिकतालाई शान्ति र सुख प्राप्तिको मूल भनेको छ । नैतिकता वा आचरण ९मोरल० भनेको ठिक वा बेठिक, असल वा खराब चालचलन बताउने सिद्धान्त वा व्यवहार हो । यस प्रकार सदाचार९इथिक्स० र आचरण९मोरल० मा केही भिन्नता हुने भए तापनि व्यवहारमा यिनीहरूलाई प्रायः एक अर्काको सट्टामा समेत प्रयोग गर्ने गरेको पाइन्छ । यहाँ पनि त्यस्तै रूपमा राखिएको देखिएकोले सदाचार, आचरण वा नैतिकतालाई एकैरुपमा चर्चा गरिएको छ ।कुनै पनि व्यक्तिले आफ्नो दैनिक गतिविधि तथा क्रियाकलाप सञ्चालन गर्दा अवलम्बन गर्ने मूल्य, मान्यता, नैतिकताको समष्टि नै आचरण हो । यसले के ठिक हो र के बेठिक हो रु के गरिनुपर्दछ र के गर्नु हुँदैन भन्ने कुरालाई निर्देशन गर्दछ । नैतिकता मानवीय मूल्यहरुको त्यस्तो व्यवस्था हो जसले हाम्रो व्यवहार सुधार्छ र जीवनमा खुशी ल्याउँछ। नैतिकताका कारण हामी इमान्दारीको जीवन जीउँछौं। यसबाट हाम्रो अरुसँगको सम्बन्धमा विश्वास र मित्रताको वातावरण बन्छ। नैतिकता खुशीको साँचो हो।
बुद्धधर्म अनुसार नैतिकताको जग विवेकपूर्ण सचेतना हो। हामी आफ्नो विवेकको प्रयोग गरेर कुन कुराले स्थायी खालको खुशी ल्याउँछ र कुन कुराले बारम्बारको दुःखतर्फ धकेल्छ भन्ने कुराको निर्क्यौल गर्छौं। नैतिकताको अर्थ अन्धाधुन्द कुनै निश्चित नियमहरुको सूची पालना गर्नु होइन। यसको अर्थ नीतिपूर्ण मार्ग अवलम्बन गर्नु लाभकारी हुन्छ भन्ने कुराप्रति विश्वस्त हुनु हो।हामी कस्तो व्यवहार गर्छौं भन्ने कुराप्रति सचेत हुनुपर्छ, यसको निर्णय बुद्धिमानीपूर्वक गर्नुपर्छ। सबैजना खुशी हुन चाहन्छन्। सबैजना खुशीको हकदार छन्। त्यसमा हामी आफैं पनि पर्छौं। हीनभावनाले ग्रस्त हुँदा हामी नैतिकताको परवाह नगरी व्यवहार गर्न सक्छौं। त्यसका विपरीत आत्मविश्वास छ भने आफूप्रतिको सम्मान पनि उच्च हुन्छ। आत्मसम्मान उच्च हुँदा हामी आफूप्रति गौरव गर्न सक्छौं। हामीलाई अनैतिक व्यवहार गर्नु स्वतः बेठीक लाग्छ र त्यसो गर्नबाट हच्किन्छौं।

कुनै पनि व्यक्तिले आफ्नो दैनिक गतिविधि तथा क्रियाकलाप सञ्चालन गर्दा अवलम्बन गर्ने मूल्य, मान्यता, नैतिकताको समष्टि नै आचरण हो । यसले के ठिक हो र के बेठिक हो रु के गरिनुपर्दछ र के गर्नु हुँदैन भन्ने कुरालाई निर्देशन गर्दछ ।प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो । सर्वप्रथम प्रशियामा प्रशासकीय आचरण सम्बन्धी अवधारणाको विकास भएको पाइन्छ । नैतिक आचरण नै जीवनको महत्वपूर्ण पक्ष हो । नैतिकताले नै मानिसलाई उच्च मूल्यांकन हुने अवसरको सिर्जना गर्दछ । त्यसको लागि मनबाट उब्जने प्रशन्नताले ल्याउने अनुभूतिलाई सकारात्मक चिन्तनतर्फ ध्यान आकृष्ट गर्ने प्रवृत्तिको विकास गर्ने अभ्यास गरिरहनु पर्छ । मनले इच्छाएको कर्मलाई मनको पवित्रतासँगै उजागर हुने नैतिक आचरण र कर्ममा विश्वास बढाउनु पर्छ ।यसको लागि जस्तोसुकै कठिन परिस्थिति पर्दा पनि धैर्य र सहनशील भई मनलाई स्थिर राखी मनमा आउनसक्ने कलुषित विचारलाई हटाउनेतर्फ सधैँ सचेत रहनु पर्छ । मन नपरेको र गर्न नहुने कर्मतर्फ मनलाई जबर्जस्ती स्वीकार्ने वातावरण बनाउनु हुँदैन । खुशी बाँड्न सके धेरै उत्तम हुन्छ । यदि खुशी बाँड्न सकिएन भने पनि आफूभित्रको पवित्र मन सधैँ खुशी र उमंग राख्न नैतिक आचरण र चरित्रलाई एकाकार गरी वाह्य आवरणमा देखाउने अभ्यास गरिरहनु पर्छ । नैतिकता मानवलाई उसको आचरणको मूल्यांकन गर्ने बलियो आधार पनि हो ।हामी कसैलाई प्रेम गर्छौँ र अझ बढी त्यसप्रति आशक्ति जगाउँछौँ भने त्यसले कहिल्यै तृप्ति दिँदैन । किनकि मानव चाहना एकपछि अर्को गर्दै बढिरहेको हुन्छ । यही तृप्तिको चाहनाभित्र रुमलिँदै जाने हो भने मानिस सधैँ अपवित्रतातर्फ उन्मुख भइरहने अवस्था सिर्जना हुन पुग्छ । इच्छासँगै प्राप्तिको अभिलाषा बढ्नु भनेको सत्यबाट विचलित भई असत्यतर्फ आकृष्ट हुनु हो ।मनमा लागेको गर्ने मानवीय स्वभाव तथा आफूभित्र जागृत इच्छा प्राप्ति गर्नु कुनै अव्यावहारिक पक्ष होइन । इच्छा प्राप्ति सबैको चाहना पनि हो । तर पनि चाहना हुँदैमा सामाजिक मर्यादा र आफ्नो जिम्मेवारीलाई स्वार्थपरक चिन्तनतर्फ प्रवाह हुने गरी आचरण र व्यवहारलाई कहिल्यै प्रदर्शन गर्नु हुँदैन । यसले नैतिकतामा प्रश्न उठाउन सक्छ । तसर्थ, यसको लागि सकारात्मक भाव जागृत हुने र समाजमा नयाँ परिस्थिति ल्याउने सोच र चिन्तनलाई आफ्नो इच्छा र चाहनाको सेरोफेरोमा कुशलतापूर्वक प्रदर्शन गर्नसक्ने मानवीय चरित्र हुनुपर्छ ।

सार्वजनिक प्रशासनमा सुधारका लागि सदाचार र नैतिक संस्कृति विकास गर्न विभिन्न संयन्त्रहरू अपनाउने प्रचलन छ, जस्तै पदाधिकारीको कार्यजिम्मेवारीको परिभाषा, कार्यसम्पादन सूचकको स्थापना, सेवा बडापत्र, नागरिक पृष्ठपोषण, प्रोत्साहन र मूल्यांकन प्रणाली, र नागरिक दबाब। नागरिक चेतना, लोकतन्त्रको विकास र प्रविधिको प्रसारले सार्वजनिक प्रशासनलाई नैतिक, व्यावसायिक र सदाचारी बनाउँछ। सार्वजनिक सेवा वितरणका सिद्धान्त र मान्यताहरूको पालना गरेर सार्वजनिक संस्थाहरू सेवाग्राहीको विश्वास जित्न सक्छन्। नैतिक आचरण र सदाचारयुक्त नेतृत्वले कर्मचारीमा आत्मनियन्त्रण र उत्प्रेरणा बढाउँछ, जसले सार्वजनिक सेवालाई निष्पक्ष र राजनीति मुक्त बनाउँछ, भ्रष्टाचार र लापरवाहीलाई कम गर्छ। यसले सरकारी कामलाई छिटो र प्रभावकारी बनाउँछ र सरकारी अभिलेखको गोपनीयता सुनिश्चित गर्दछ। यसरी, नैतिक आचरण र सदाचारयुक्त नेतृत्वले सुशासन कायम गरेर जनविश्वास अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ।नेपालको निजामती सेवामा नैतिक आचरण र सदाचारयुक्त नेतृत्वको पक्ष निकै कमजोर रहेको पाइन्छ । यसो हुनुका प्रमुख कारणहरूमा राजनैतिक तथा प्रशासनिक नेतृत्व नैतिकवान तथा आदर्शवान् हुन नसकेको अवस्था विधमान रहेको,नेतृत्वको मनोबल तथा उत्प्रेरणाको स्तर कमजोर रहेको ,दण्ड, पुरस्कारको प्रभावकारी व्यवस्था हुन नसक्नु ,आचार संहिता कार्यान्वयनको अनुगमन, मूल्याङ्गन गर्ने निकायको व्यवस्था नगरिनु,बढ्दो दण्डहीनता र अराजकताको नियन्त्रण गर्न नसकिएको , कर्मचारीको आवश्यकता भन्दा बढी सेवा सुरक्षाको अवस्थाले गलत गर्ने कर्मचारीलाई सजाय दिन नसकिएको , नेतृत्वले आध्यात्मिक मूल्य, मान्यताहरुलाई व्यवहारमा आत्मसात गर्ने नगरिएको अवस्था विधमान छ ।

सरोकारवालाको सहभागितामा आचार संहिता निर्माण गरी प्रभावकारी किसिमले कार्यान्वन गर्ने ,आचार संहिता निर्माण गर्न धेरै आदर्शवादी कुरा राख्नुको सट्टा व्यवहारिक तथा कार्यान्वयन हुन सक्ने कुराहरू मात्र राख्ने ,आचार संहिता कार्यान्वयनको अनुगमन, मुल्यांकन गर्ने निकायको व्यवस्था गर्ने र पालना नगर्ने कर्मचारीलाई कडा दण्डको व्यवस्था गर्ने ,कर्मचारीको आवश्यकता भन्दा बढी सेवा सुरक्षाको अवस्थाको अन्त्य गर्ने ,कर्मचारीलाई अवकाश दिने किसीमको बाहेक अन्य सानातिना सजायमा पनि लोक सेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्थाको अन्त्य गर्ने ,नेतृत्व आदर्शवान् तथा नैतिकवान हुनुपर्ने ,विधालय तहको पाठ्यक्रममा नैतिक शिक्षा, सदाचार शिक्षामा जोड दिने,आध्यात्मिक मूल्य, मान्यताहरुलाई व्यवहारमा आत्मसात गर्ने,विभिन्न मौद्रिक तथा गैर मौद्रिक उपायको अवलम्बन गरी कर्मचारीको मनोबल तथा उत्प्रेरणाको स्तर बढाउने कुरामा जोड दिनु पर्दछ ।
अन्त्यमा,निजामती सेवामा हाम्रा संस्कार, कार्यशैली , आचरण र व्यवहारमा रूपान्तरण गर्न नसक्दा आम जनतामा निराशा उत्पन्न भएको छ । फलस्वरूप आम जनताको प्रशासन संयन्त्रप्रति मात्र होइन सिङ्को शासन व्यवस्थाप्रति नै वितृष्णा बढ्दै गएको देखिएकोले माथि उल्लेख गरिएका लगायतका सुझावहरूलाई ग्रहण गर्दै सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, सदाचारयुक्त, नागरिकमैत्री, भ्रष्ट्राचारमुक्त र नैतिकवान बनाई सुशासन कायम गर्नु आजको टड्कारो आवश्यकता रहेको छ । सदाचार संस्कृतिको विकासका लागि, सरकारले कर्मचारीहरूको मनोबल बढाउने उपायहरूको अवलम्बन गर्नुपर्छ। यसको लागि उचित प्रशिक्षक, कार्यक्षेत्रमा सहकार्य र सुधारात्मक कार्यनीतिहरूको आवश्यकतासमेत जोड दिनु पर्छ। केवल यसरी नै, निजामती सेवामा सुधार सम्भव हुनेछ र नेपालको सार्वजनिक प्रशासनमा स्थिरता र विश्वसनीयता प्रस्थापित हुनेछ। यसका लागि शासकीय व्यवस्थापनका पात्रहरुको उचित समन्वय, सहकार्य र संवादको माध्यमवाट नैतिक पुर्वाधारहरुको विकास गर्न जरुरी रहेको छ ।

(उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।