गुणस्तरीय शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्नुपर्छ :मन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गुणस्तरीय शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ। कलंकीस्थित कश्यप एकेडेमीको पहिलो वार्षिकोत्सव समारोहमा उहाँले बालबालिकाले समान अवसर र अधिकार पाउनुपर्ने बताउनुभयो।

बिज्ञापन

उहाँले सबै बालबालिकालाई समान अवसर र अधिकार उपलब्ध गराउन संवैधानिक व्यवस्था गरिएको भएपनि परम्परागत मूल्य मान्यताका कारण सामाजिक परिवेशमा लैङ्गिक विभेद अन्त्य हुन नसकेको विचार व्यक्त गर्नुभयो। विभिन्न बालबालिकामा फरक क्षमता र प्रतिभा हुने भएकाले उनीहरुलाई विद्यालयले संस्कार सहितका गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप, खेलकुदमा सहभागी गराउनुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले विद्यार्थीका जिज्ञासा र चासोलाई पूरा गर्न अभिभावक, परिवारका सदस्य र विद्यालयले सकारात्मक रुपमा सहयोग गर्नुपर्ने बताउनुभयो।

बिज्ञापन

उहाँले बालबालिकाले मोवाइलको प्रयोग गर्दा उनीहरूको सिर्जनशीलतामा कमी आएका कारण यो विषय अहिले समाजका लागि ठूलो चुनौति बन्दै गएकाले अभिभावकले पनि उनीहरूको अगाडि मोवाइल नचलाउन आग्रह गर्नुभयो।

कीर्तिपुर नगरपालिका प्रमुख कृष्णमान डंगोलले समुन्नत मुलुक निर्माणका लागि गुणस्तरीय शिक्षा अनिवार्य र अपरिहार्य आवश्यकता भएको विचार व्यक्त गर्नुभयो।

बिज्ञापन

एकेडेमीका संस्थापक प्रिन्सिपल आर बी अधिकारीले आफ्नो संस्थाले आधुनिक गुणस्तरीय शिक्षा उपलब्ध गराउन विज्ञान(प्रविधि, योग, आध्यात्मिकता र उद्यमशीलतामा जोड दिएको जानकारी दिनुभयो।

विभिन्न साँस्कृतिक कार्यक्रम गरिएको सो कार्यक्रममा सामाजिक विकासमा योगदान पुर्याएका १० जना शिक्षासेवीलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष