होटलमा महिलालाई बेश्यावृत्तिमा लगाएको आरोपमा पक्राउ

पर्सा – वीरगन्जका होटलमा महिलालाई बेश्यावृत्तिमा संलग्न गराएको आरोपमा दुई जना पक्राउ परेका छन्।

बिज्ञापन

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ का ४५ वर्षीय गिनिलाल गुप्ता र भारत बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर-६ का ४० वर्षीय प्रकाश साह रहेका छन्।

बिज्ञापन

दुबै जनालाई वीरगन्ज महानगरपालिका-१५ का दुई होटलबाट बिहीबार दिउँसो ३ बजे पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

उनीहरूले वीरगन्जका होटलहरूमा राम्रो आम्दानी हुने भन्दै प्रलोभनमा पारेर ग्राहकहरूसँग शारीरिक सम्पर्कमा संलग्न गराएको लम्सालले बताए।

बिज्ञापन

होटलहरूमा चेकजाँच गर्न पुगेको प्रहरी टोलीले होटल स्मार्टबाट दुई र न्यू शान्ति सैनिक होटलबाट दुई जना महिलालाई उद्धार गरेको छ।

पक्राउ परेकालाई शुक्रबार प्रहरीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सर्वाेच्चमा किन बस्दैछ १९ न्यायधीशको वृहत्त पूर्ण इजलाश ?

थपिए ९ लाख १५ हजार मतदाता

दुई सातापछि बालेनले छाड्दैछन् महानगरको जिम्मेवारी,सुनितालाई कार्यवहाकको जिम्मेवारी

पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार प्रदेशलाई दिन सामान्यलाई पत्राचार

महिला कर्मचारीको टिम बनाउँदै महानिर्देशक

निर्वाचन आचारसंहिता स्वीकृत,माघ १ गतेदेखि कर्मचारी सरुवा गर्न बन्देज

१४ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

बिशेष