माथिल्लो त्रिशुली जलविद्युत परियोजनाले प्रभावित क्षेत्रका बासिन्दाहरुसँग आज छलफल गर्दैछ । मध्यान्ह १२ बजे २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत आोजनाको कार्यालयमा प्रभावित क्षेत्रका बासिन्दाहरुसँग छलफलको लागि डाकेको हो ।
बिज्ञापन
सो कार्यक्रममा संघीय सांसद मोहन आचार्य, प्रदेश सांसद प्रभात लामा,इन्द्र गौतम, जिल्ला समन्वय प्रमुख, गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, वडा अध्यक्ष, पार्टीका जिल्ला अध्यक्षहरुका अलवा परियोजनाले प्रभावित क्षेत्रका बासिन्दाहरुसँग छलफल गर्न लागेको हो ।
बिज्ञापन
जलविद्युत परियोजनाले सम्झौता अनुसार काम नगर्दा स्थानीयहरु पीडित बनेका छन् । सम्झौता अनुसार,आयोजना स्थलका प्रभावितहरुको घरबार निर्माणदेखि जागिर दिनेसम्मको उधारो आश्वासन दिइएको भए पनि १२ घर धुरी प्रत्यक्ष प्रभावित भएको र उनीहरुले कुनै न्याय निसाफ नपाएको गुनासो गरेका थिए ,कर्मचारी प्रेससँग ।
कर्मचारी प्रेसले यो बिषयमा बिषयबस्तु उठान गरेसँगै आज बल्ल तातो लागेको हो । २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाका कारण उत्तरगया गाउँपालिका १ तिरु,कालिका गाउँपालिका वडा नम्बर १ मैलुङसाविक हाकु गाविस वडा नम्बर ९ गोगने र ८ तिरु हाल उत्तरगया १ लगायतका आयोजना प्रभावित क्षेत्रका १२ घरवारविहिन हुनु परेको पीडितहरु बताउँदै आएका छन् ।
बिज्ञापन
रसुवाको उत्तरगया गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन २१६ मेगावाटको हाइड्रोपावरको कारण स्थानीय बासिन्दाहरु घरबारविहीन हुनुपरेको छ। आफूहरूसँग गरेको सम्झौता पालना नगरी आयोजनाले घरबारविहीन पारेको भन्दै उनीहरुले जिल्ला समन्वय समितिमा उजुरी समेत दिएका थिए ।
अहिले आमाछोदिङ्मो गाउँपालिका– १, हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका– १ मा भूमिगत विद्युत्गृहलगायतका संरचनाहरू निर्माण भइरहेका छन् । यो आयोजनाबाट उत्तरगया गाउँपालिकाको वडा नम्बर १, मैलुङ, गोगने र तिरु तथा आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर १, हाकुबेँसीका स्थानीय बासिन्दा सबैभन्दा धेरै प्रभावित भएका छन् । त्यसो त आयोजनाको ड्यामले गोसाइँकुण्ड गाउँपालिका,कालिका गाउँपालिका– १ पनि प्रभावित क्षेत्रमा पर्छ ।
विद्युत्गृह भएको ठाउँ मैलुङमा १७ घरधुरी प्रभावित भएका छन् । त्यहाँ बस्न समेत समस्या भएको छ । आयोजनाले त्यहाँ टनेल खनिरहेको छ । त्यहाँ टनेल खन्ने क्रममा विस्फोट गराइँदा घरहरू चर्केका छन् । तर पनि आयोजनाले कुनै वास्ता नगरेको स्थानीय तुल बहादुर तामाङले गुनासो गर्दछन् । उनले भने, ‘आयोजना सुरु गर्दा स्थानीयलाई जागिर दिने, स्कुल बनाइदिने, सडक बनाइदिने आश्वासन दिइयो तर सडकबाहेक केही बनेन । पावर हाउसका लागि सुरुङ खन्ने क्रममा विस्फोट हुँदा हाम्रा घर चर्केका छन् । घरको मर्मत गरिदिनू भनेर जाँदा हुन्छ, गर्छौं भन्छन् तर उधारो आश्वासनमात्र भयो । कार्यन्वयन भएन ।
सुरुङ खनेर गाउँ बस्तीनजिक पुगेपछि बस्ती नै जोखिममा परेको स्थानीय कृष्ण बहादुर तामाङ बताउँछन् ।१७ चैतमा गोगनेमा पहिरो गयो । उक्त पहिरोका कारण बस्ती जोखिममा परेको भए पनि स्थानीय सरकार र आयोजनाका मानिसहरूले कुनै वास्ता नगरेको तामाङले दुःखेसो पोखे ।
हाइड्रोपावरले यती ठूलो दुख दिदाँ समेत जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला समन्वय जस्ता सरकारी निकायले वास्ता नगरेको पिडित तिलक तामाङ बताए ।
तर सरकारी निकाय जिल्ला प्रशासन कार्यालय,जिल्ला समन्वय समिति,जिल्ला प्रहरीदेखि गाउँपालिकाका जनप्रतिनिनिधिसम्मलाई हाइड्रोबाट ‘कोसेली’ पुग्ने हुँदा सरकारी निकायले पीडितको पक्षमा भन्दा हाइड्रोको पक्षमा काम गर्ने गरेको पीडितहरुको गुनासो छ ।