भूमी आयोगको गठन र विघटन लूटतन्त्रको एक उदाहरण !

– भूमी आयोग वा सुकुम्बासी समस्या समाधान आयोग जे नाम दिए पनि यो देशको सरकारी र सार्वजनिक जग्गा लुट्ने प्रपञ्च बाहेक केही होइन ।
– यो सबै तीन ठूला राजनीतिक दलहरुको संरक्षणमा भूमाफियाले नक्कली सुकुम्बासी खडा गरी जग्गा हडप्ने रणनीतिको उपज मात्र हो ।
– नेपालमा वास्तविक सुकुम्बासीको संख्या अत्यन्त न्यून छ । सुकुम्बासी पहिचानको स्पस्ट आधार वा मापदण्ड पनि निर्धारण हुन सकेको छैन । जे जस्ता आधार वा मापदण्ड निर्धारण गरिन्छन् तिनको पालना पनि गरिएको छैन ।
-जो वास्तविक सुकुम्बासी हो उसको अवस्था दयनीय छ । भूमाफियाले सेटिङ गरी सुकुम्बासी बनाइएका नक्कली सुकुम्बासीहरु भने मालामाल भएका छन् ।
-नक्कली सुकुम्बासी हरेक सुकुम्बासी बस्तीका हर्ताकर्ता हुन्छन् । तिनैका नाइकेहरुले वास्तविक सुकुम्बासीसँग विभिन्न नाममा पैसा उठाउँछन् र भूमाफियालाई बुझाउँछन् । नाइकेहरुले अन्य विभिन्न तरिकाले वास्तविक सुकुम्बासी उपर शोषण गरिरहेका हुन्छन् । यसबारेमा हालसम्म कसैले औपचारिक रुपमा अध्ययन गरेको थाहा छैन ।
-भूमि अधिकार मञ्च नामक संस्थाले शुरुको समयमा वास्तविक सुकुम्बासीको हितमा काम गर्ने प्रयास गरेको भए तापनि हाल सो संस्था पनि भूमाफियाको चङ्गुलमा फसिसकेको छ । यसले भूमाफियाको सेटिङ अनुसार सुकुम्बासीको संख्या बढाएर देखाउने काम मात्र गरिरहेकोछ ।
-दलगत आधारमा गठन भएका तथाकथित आयोग वा समिति वा कार्यदलहरुले भूमाफियासँगको मिलोमतोमा वास्तविक सुकुम्बासीहरुलाई वेवास्ता गर्दै भूमाफियाले खडा गरेका नक्कली सुकुम्बासीलाई वास्तविक सुकुम्बासी भन्दै जग्गा वितरण गर्ने गरेका छन् ।
-यदि निष्पक्ष छानविन गर्ने हो भने हालसम्म सुकुम्बासी भनेर पूर्जा दिइएका अधिकांश मान्छेहरु नक्कली भेटिनेछन् ।
अव यो स्पस्ट भइसकेकै छ कि यी तीन ठूला दल मिलेर सार्वजनिक तथा सरकारी जग्गा सखाप नै पार्ने भए । किन कि –
-भूमी सम्बन्धी ऐन, २०२१ मा २०७६ सालमा भएको ८औं संशोधनले देशको धेरै जमीन भूमाफियाको हातमा पुग्ने व्यवस्था गरेको छ । भूमाफियाको सेटिङ्मा सरकारले पेश गरेको विधेयक संसदले पारित गरेर अत्यन्त ठूलो भूल गरेको थियो । यही व्यवस्थालाई टेकेर सरकारले २०७६ मा आयोग गठन गरेको थियो । भूमिसम्बन्धी समस्या भनेपनि सो आयोग भूमाफियाको हितमा केन्द्रित आयोग थियो । त्यसपछिका आयोग पनि त्यही प्रवृत्तिका हुन् ।
– दलहरु र सरकारमा बस्नेहरु भूमाफियाको चंगुलमा कतिसम्म फसिसकेका छन् भन्ने प्रमाण हालै सरकारले ल्याएका वन तथा आरक्षण र वन्यजन्तु सम्बन्धी र भूमीसम्बन्धी अध्यादेशले पनि पुष्टि गरेका छन् ।
-सुकुम्बासी समस्या पञ्चायतकालदेखि नै विवादित बन्दै आएको विषय हो । त्यो वेला पनि विभिन्न आयोगहरु गठन भए र सुकुम्बासीका नाममा धेरै सार्वजनिक र सरकारी जग्गाहरु व्यक्तिका नाममा दर्ता गरियो ।
-२०४८ सालपछि दलगत स्वार्थ अनुरुप भोटको राजनीतिका रुपमा सुकुम्बासी समस्या देखा पर्यो । त्यसपछि नै भूमाफियाले सुकुम्बासी समस्यामा प्रवेश पायो र सुकुम्बासी समस्या पूर्णत भूमाफियाको कब्जामा पुग्यो ।
-सरकार फेरिंदै पिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि होलान्) को संलग्नतामा आयोगहरु बन्ने र भूमाफियाको सेटिङ् अनुरुप पार्टीका कार्यकर्तालाई सुकुम्बासीको रुपमा प्रस्तुत गर्दै सार्वजनिक र सरकारी जग्गाहरु वितरण गर्ने अभियान नै चल्यो । अहिलेसम्म यो अभियान चलिरहेकै छ ।
-अधिकांश भूमिसुधार मन्त्री बन्नेहरु भूमाफियाका एजेन्ट जस्तो भएर काम गर्ने गर्छन् ।
-यसरी देशमा सुकुम्बासीको नाममा पार्टीका लठैत र भूमाफियाहरुले अत्याचार गरिरहेका छन् ।
सच्याउने उपाय के छ ?
-हालसम्मका सुकुम्बासी आयोगहरुले सुकुम्बासी भनी गरेका निर्णय र जग्गा वितरण गर्ने गरी भएका सबै निर्णयका सम्बन्धमा छानविन गर्न विज्ञहरु सहितको एक न्यायिक आयोग गठन गर्ने ।
-उक्त आयोगले निश्चित मापदण्डहरुका आधारमा छानविन गर्ने ।
– यसबाट वास्तविक सुकुम्बासीको पहिचान पनि हुन सक्छ ।
छानविन कसरी गर्ने ?
– छानविन आयोगले सुकुम्बासीसँग तीन पुस्ते माग्नासाथ उनिहरुको पुर्ख्यौली थातथलो (जिल्ला गाउँ बस्ती) पत्ता लाग्छ । यसमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सहयोग लिनुपर्छ । यस्तो गरेमा सुकुम्बासी भनिएका धेरैले आफ्नो विवरण नै नदिई बसिरहेको ठाउँबाट अन्यत्र जानेछन् ।
– आयोगले नेपाल प्रहरीको सीआइबीको सहयोग लिएर अनुसन्धान गराउने व्यवस्था गर्नुपर्छ ।
– यसरी भूमाफियासँग मिलेर घुस खाएर सुकुम्बासीको प्रमाणपत्र दिने र जग्गा वितरण गर्ने पदाधिकारी र कर्मचारीहरुको वास्तविकता पनि पत्ता लाग्नेछ ।
– यो अनुसन्धान काठमाण्डौ उपत्यकाबाट शुरु गर्ने । यसपछि अरु जिल्लामा यो कार्य निकै सहज हुनेछ । किन कि नक्कली सुकुम्बासीहरु आफूले ओगटेको सार्वजनिक जग्गा छोडेर हिंडिसक्ने छन् ।
– यसबाट सानो संख्यामा रहेको वास्तविक सुकम्बासीको पहिचान हुनेछ । उनिहरुको व्यवस्थापन गर्न सरकारले उचित उपायहरु अपनाउन सक्नेछ ।
तर विडम्बना !
अहिलेका तीन ठूला दलका तीन मुखियाहरुको राजनीतिमा प्रभाव रहुञ्जेली यस्ता विकृतिहरुको समाधान हुन सक्तैन ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रदेशका ६९ कर्मचारीको सरुवा

यी प्रावधान उल्टाउँदै राष्ट्रिय सभाबाट पारित भयो संघीय निजामती सेवा विद्येयक

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित

निजामती कर्मचारीलाई कार्यालय समय बाहिर लोकसेवा तयारी कक्षा पढाउन अनुमति

लेखाका ५५ कर्मचारी काज सरुवा

ऊर्जामा सचिव पद: तीन सहसचिवबीच रोचक प्रतिस्पर्धा

कर्मचारीको अवकासको उमेर हद सम्बन्धी मेरो प्रस्ताव कसैको व्यक्तिगत स्वार्थमा थिएनः मन्त्री न्यौपाने

सरकार पछि हटेपछि निजामती विधेयकको गाँठो फुक्यो

बिशेष