हेटौंडामा बढ्दै यौन व्यवसाय, प्रहरी प्रशासन मौन

मकवानपुर । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकामा रहेका होटल तथा लजहरूमा यौन व्यवसाय बढ्दै जान थालेको छ ।

बिज्ञापन

हेटौँडाको सबैभन्दा ठूलो बसपार्क हेटौडा बसपार्कमा यौन व्यवसायीहरू पछिल्लो समय होटल केन्द्रित हुन थालेपछि यौन व्यवसाय बढेको पाइएको हो । पहिला हेटौँडा उपमहानगरपालिका वडा नं। १० मा रहेको वनविज्ञान प्रतिष्ठानकोको जंगलमा यौन सम्बन्ध राख्ने युवतीहरू अहिले होटलमा केन्द्रित भएको स्थानीय व्यवसायी बताउँछन् ।

बिज्ञापन

ट्रक तथा मोटरसाइकल चालकहरूलाई जंगलमै यौन सम्पर्क गराउने युवतीहरू केही समययता होटल तथा लजहरूमा देखिन थालेको स्थानीय ललिता रिजालले बताइन् ।

जंगलमा असुरक्षा र प्रहरीको तारो बन्ने डरले उनीहरूको रोजाइमा होटल तथा लज परेको स्वयं उनीहरू बताउँछन् । हेटौँडाका कतिपय होटल तथा लजहरूले बाहिरबाट सम्पर्क गरी यौनकर्मीलाई बोलाएर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

बिज्ञापन

उनीहरूले आर्थिक लाभ लिनका लागि बाहिरबाट युवती, महिला, किशोरीहरू बोलाएर यौन सम्पर्क गराउने गरेका छन् तर, मकवानपुर जिल्ला प्रहरी कार्यालयले त्यसतर्फ ध्यान नदिएको स्थानीय रिजालले बताइन् ।
पछिल्लो समय समस्याका रूपमा यौन व्यवसाय देखापरेको रिजाल बताइन् । प्रायः गरी दिनमा यौनकर्मीहरू समय तोकेर होटलमा बस्ने र होटल तथा लज सञ्चालकहरूले मोबाइलमार्फत ग्राहक खोजेपछि यौनकर्मी बोलाउने गरेको सामाजिक अगुवाहरु बताउने गर्छन् ।

कतिपयले त कोठामा नै राखेर ग्राहकसँग मोलमोलाई गर्ने गरेको पाइएको छ । त्यस्ता ग्राहकहरूले घण्टाको हिसाबमा पैसा दिन्छन् र यस्ता ग्राहकबाट होटल तथा लज सञ्चालकलाई मुनाफा हुने गरेको स्थानीयहरुको भनाई छ ।स्मार्ट सिटीको रूपमा अगाडि बढिरहेको हेटौँडामा यौन व्यवसायका कारण बदनामी हुन थालेको बुद्धिजीवीहरूको भनाइ छ । उनीहरूले यसतर्फ प्रशासनले चासो देखाउनुपर्ने बताएका छन् ।

होटल एशोसिएसन, मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशीले केही होटल तथा लजहरूमा यौन व्यवसाय हुने गरेको आफूले सुनेको बताए । उनले प्रहरीसँग समन्वय गरेर त्यस्ता होटल तथा लजहरूमा अनुगमन गर्ने र यौन क्रियाकलाप गरेको पाइएमा प्रहरीसमक्ष बुझाउने बताए । उनले कुनै होटलमा त्यस्तो गतिविधि भइरहेको भएमा तुरुन्त संघलाई वा प्रहरीलाई जानकारी दिन अनुरोध गरे ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष