गृहमन्त्री लेखक प्रमुख आतिथ्यमा २४औं सशस्त्र प्रहरी दिवस सम्पन्न

माननीय गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बुधबार आयोजित ‘२४औं सशस्त्र प्रहरी दिवस २०८१’ सम्पन्न भएको छ । विशेष समारोहमा माननीय गृहमन्त्री लेखकले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

बिज्ञापन

एपीएफ लाईफ टाइम अचिभ्मेन्ट तथा उत्कृष्ट बाहिनी अवार्ड

बिज्ञापन

समारोहमा माननीय गृहमन्त्री लेखकले अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक नवराज बिष्टलाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड’ तथा यस वर्ष उत्कृष्ट बाहिनी हुन सफल सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगरलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्नुभयो । यसअघि २०७८ सालमा समेत नायव महानिरीक्षक ठाडा मगरले नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीलाई उत्कृष्ट बाहिनी बनाउन सफल हुनुभएको थियो ।

बिज्ञापन

सशस्त्र प्रहरी वर्ष पुस्तक २०८१ को लोकार्पण

माननीय गृहमन्त्री लेखकले उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बल नेपालद्वारा सम्पादित कार्यहरु समेती तयार गरी प्रकाशित ‘सशस्त्र प्रहरी वर्ष पुस्तक २०८१’ को लोकार्पण समेत गर्नुभयो ।

माननीय गृहमन्त्री रमेश लेखकको शुभकामना तथा निर्देशन

समारोहमा माननीय गृहमन्त्री लेखकले सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले सशस्त्र प्रहरी बल नेपालको २४औँ वार्षिकोत्सवको अवसरमा दिनुभएको शुभकामना सुनाउनु भएको थियो ।
उहाँले विभिन्न चुनौतीको समयमा महत्वपूर्ण जिम्मेवारीसहित स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले मुलुकको शान्ति स्थापना, आतंककारी गतिविधि नियन्त्रण, सीमा सुरक्षा, विपद् व्यवस्थापन लगायत सामाजिक सेवामा समेत उत्कृष्ट योगदान दिएको बताउनुहुँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुले देखाएको ईमान्दारिता र बलिदानको प्रशंसा गर्नुभयो ।
माननीय गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपालले जुनसुकै अवस्थामा आईपरेका कठिनाई र चुनौतीपूर्ण परिस्थितीमा समेत कत्तिपनि विचल्लीत नभई देश र जनताको सेवामा निरन्तर खटिई आफुलाई प्राप्त जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको बताउनुहुँदै सीमा सुरक्षा र अवैध गतिविधि रोकथामका लागि सशस्त्र प्रहरी बल नेपालको विशेष योगदान रहेको बताउनुभयो ।
उहाँले मुलुकको आर्थिक सुदृढीकरणमा देखा परेको समस्या नै राजश्व चुहावट र तस्करी भएको हुँदा यसलाई रोकथाम र समाधान गर्न सशस्त्र प्रहरी बल नेपालले देखाएको महत्वपूर्ण भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै संगठनको विस्तार गर्न थप जनशक्तिको व्यवस्थापनसहित बोर्डर आउट पोष्टहरु समेत थप गर्न गृहमन्त्रालय प्रयासरत रहेको बताउनुभयो ।
माननीय गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कुनैपनि कर्मचारीले आचारसंहिता उलंघन, गैर कानुनी कार्य तथा गतिविधिमा संलग्न नहुनुको साथै जिम्मेवारीबाट विमुख हुने कार्य नगरेको र भविष्यमा समेत नगर्ने बताउनुहुँदै संगठनको मर्यादा र जनताको विश्वासलाई कायम राख्दै मानवअधिकारको उच्च सम्मानकासाथ कार्य गर्न निर्देशन दिनुभयो ।
उहाँले संगठनमा कार्यरत सकल दर्जाका राष्ट्रसेवक कर्मचारीहरु इमान्दारितापूर्वक कार्य क्षेत्रमा खटिईदा आईपरेका जस्तोसुकै समस्या र चुनौतीहरुको सामना गर्दा नेपाल सरकार तथा गृहमन्त्रालयले सदैव अभिभावकत्व प्रदान गर्ने बताउनुहुँदै सशस्त्र प्रहरी बल नेपालको क्षमता बृद्धि, प्रविधिको विस्तार, जनशक्तिको व्यवस्थापन र सुविधामा संगठनलाई थप प्रभावकारी रुपमा विकास गर्न र आवश्यक पर्ने सबै विषयहरुमा आफु सदैव प्रतिवद्ध रहेको समेत बताउनुभयो ।

माननीय गृहमन्त्री लेखकले उद्वार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक श्रोतसाधन तथा आधुनिक उपकरणको व्यवस्थापनमा मन्त्रालयले थप प्रयत्न गरिरहेको तथा सशस्त्र प्रहरी बल नेपाल मातहत स्थापना गर्न लागेको फायर फाईटिङ्ग स्कुल सम्बन्धी प्रस्ताव अगाडी बढाईएको चर्चा गर्नुहुँदै डिजास्टर भोलेयन्टियरको अवधारणालाई समेत मन्त्रालयले सकारात्मक रुपमा लिएको बताउनुभयो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अवकाशपछि मुद्दा चलेर भ्रष्टाचारमा दोषी ठहर भए पनि पेन्सन दिने प्रस्ताव

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बिशेष