एमालेबाट निस्कासित हुनेको संख्या थपिँदै

नेकपा एमालेबाट निस्कासित हुनेको संख्या थपिँदै जाने क्रममा छ । भीम रावल,विन्दा पाण्डे, उषाकिरण तिमिल्सिना,पूर्व सांसद विकल कार्की पछि पूर्व मन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदी पनि निस्कासित हुनेको सूचीमा थपिने भएका हुन । नेकपा एमाले कैलालीले पूर्व मन्त्रीसहित एक जना जिल्ला कमिटि सदस्यमाथि कारवाहीको सिफारिस गरेको छ । केही समय अगाडि मात्र नेकपा एमालेमा कारबाहीमा परेका नेता भीम रावल पक्षीय गतिविधिमा सक्रिय देखिएपछि एमाले कैलालीले पूर्वमन्त्रीसहित दुई जनालाई कारबाही गरेको हो ।

बिज्ञापन

एमाले कैलाली जिल्लाको हिजो बसेको पार्टीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीको संगठीत सदस्य समेत नहरनेगरि निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।उनीहरुलाई पार्टीको निर्णयविरुद्धका गतिविधिमा संलग्न भएको पाइएको भन्दै साधारण सदस्य समेत नरहने गरी जिम्मेवारीबाट हटाउन सिफारिस गरिएको हो ।

बिज्ञापन

नाताले बाबु छोरा पर्ने कृष्ण र भिष्म पछिल्लो समय भीम रावलको गतिविधिमा संलग्न भएको पाइएपछि कारबाही गर्न सिफारिस गरिएको नेकपा एमाले कैलालीले जनाएको छ । उनीहरु एमालेमा भीम रावल निकट मानिंदै आएका थिए । रावल कारबाहीमा परेपछि उनले चलाएको मातृभूमि जागरण अभियानमा दुवै जना सक्रिय भएका छन् ।

यस अघि पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा मनपरी लेखेको आरोपमा नेकपा एमालेका नेता तथा पूर्व प्रदेश सांसद विमल कार्की कारबाहीमा परेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको मानहानी हुनेगरी स्ट्याटस लेखेको आरोपमा उनलाई निलम्बन गरिएको हो । कार्कीलाई ६ महिनाका लागि पार्टी सदस्यबाट हटाइएको एमालेले जनाएको छ ।

बिज्ञापन

पार्टी अनुशासन उल्लंघन गरेपछि प्रदेश कमिटीले उनलाई स्पष्टीकरण सोधेको थियो । तर,जवाफ चित्तबुझ्दो नभएको भन्दै पछिल्लो सचिवालय बैठकले कारबाहीको निर्णय गरेको थियो । सो निर्णयलाई प्रदेश कमिटी बैठकले अनुमोदन गरेसँगै कार्की निलम्बनमा परेका हुन् । यस अघि एमालेले गत मंसिरमा अर्का एक जना माननीयमाथि पनि जथाभावी बोलेको आरोपमा अनुशासनको कारबाही गरेको थियो । बाँके १ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद दुर्गाप्रसाद चौधरीलाई एमालेले सदस्यताबाट निलम्बन गरेको हो । यस अघि भीम रावलसँगै नुवाकोटका नेतृद्धय उषाकिरण तिमिल्सिना र विन्दा पाण्डेलाई एमालेले निस्कासन गरिसकेको स्थिति छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

बिशेष