पूर्वसचिव त्रिताल भन्छन्ः भूमिसम्बन्धि अध्यादेश नीतिगत भ्रष्टाचार

पूर्वसचिव शारदाप्रसाद त्रितालले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएको भूमिसम्बन्धी अध्यादेशलाई नीतिगत भ्रष्टाचारको संज्ञा दिएका छन् ।

बिज्ञापन

सामाजिक सञ्जाल फेसकुबमार्फत त्रितालले उक्त अध्यादेशमा भएको प्रावधानले नीतिगत भ्रष्टाचारलाई मजबूत बनाउने टिप्पणी गरेका हुन् । ‘नीतिगत भ्रष्टाचारलाई मजबूत बनाउन भूमिसम्बन्धी अध्यादेश’, उनले लेखेका छन्, ‘धिक्कार छ, भ्रष्टाचारका सरदारहरुलाई ।’

बिज्ञापन

सरकारको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले भूमीसम्बन्धि अध्यादेश जारी गरेका थिए । अध्यादेशमा भूमिहीनलाई हाल भोगचलन गर्दै आएको सरकारी जग्गा उपलब्ध गराउने, घरजग्गा व्यवसायीले हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न पाउनेजस्ता विवादास्पद प्रावधान समेटिएका छन् ।

बिज्ञापन

३७ वर्ष निजामती सेवामा बिताएका प्रशासक त्रिताकै संयोजकत्वमा ललिता निवास जग्गा छानबिन समिति बनेको थियो । ७५ असार १५ गते सरकारले उनको संयोजकत्वमा पूर्वप्रशासक महेन्द्रकुमार थापा र गृह मन्त्रालयका उपसचिव गणेश आचार्यको कमिटी बनाएर छानबिन गर्ने जिम्मेवारी दिएकोमा ६ महिना लामो खोज, अनुसन्धानपछि अन्तिम प्रतिवेदन बुझायो । सोही सिफारिसका आधारमा त्यसमा संलग्नहरुमाथि कारबाही भएको थियो।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रशासकीय अदालतको आदेशपछि उपसचिव बढुवाको सूची संशोधन

मन्त्रीले स्पष्टीकरण सोध्ने तयारी गरेपछि काफ्लेले दिए राजीनामा,कामचलाउको जिम्मेवारी पाए पौडेलले

१४ करोडको भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशकसँग पाँच लाख धरौटी माग

प्रतिनिधि सभाको निर्वाचन अगावै तोकियो माधव नेपालको मुद्धाको पेसी

दमक मालपोतमा रैथानेहरुको रजगज,मूल्याङ्कन हेरफेर गरी करोडौं गडबडी

व्यक्तिगत हातहतियार बुझाउन जिल्ला प्रशासनको निर्देशन

कर्मचारी ट्रेड युनियनका पूर्व अध्यक्षलाई सहायक निर्वाचन अधिकृतको जिम्मेवारी

अनि महावीर पुनलाई झोक चल्यो

बिशेष