कांग्रेसद्वारा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि दुव्र्यवहार गर्नेमाथि कारवाहीको माग

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरभित्रै हातपात र दुव्र्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिज्ञापन

सूचना जारी गर्दै कांग्रेसले सहकारीको अपचलन तथा ठगि प्रकरण सम्बन्धमा काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक वहस सकिएपछि अधिवक्ता त्रिपाठीलाई हातपात र दुव्र्यवहार गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

बिज्ञापन

विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जो सुकैलाई पनि अधिकार रहेको हुने भन्दै यो घटनालाई नेपाली कांग्रेसले अत्यन्त दुःखदायी घटनाको रुपमा लिएको कांग्रेसको भनाई छ ।

कांग्रुले विधिको शासन, कानूनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवांछित गतिविधि कदापी स्वीकार्य हुन नसक्ने बताउँदै सो घटनाको घोर निन्दा र भत्सर्ना गरेको छ । साथै घटनामा संलग्न जो सुकैलाई पनि कानूनी कारवाहीको दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रिता गिरी ‘रेनुका’को गजल

देवचुली आरोहण कथा (पूरा भाग)

राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेस

सुशासनमैत्री,नागरिकमैत्री कर्मचारीतन्त्र निर्माणमा दलको प्रतिवद्धता खोज्दै एकीकृत सरकारी कर्मचारी संगठन

प्रमुख प्रशासकीय अधिकृत,सव इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

निर्वाचन आचारसंहिताकै बीच नियामक निकायमा धमाधम नियुक्ति

‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

बिशेष