इन्जिनियरमाथि पौने ५ करोड भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा सम्बन्धी आरोप पत्र जलश्रोत तथा सिँचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर श्रेष्ठविरुद्ध करिब पाँच करोडको भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडौँमा दायर गरिएको हो ।

बिज्ञापन

श्रेष्ठले काठमाडौं, ललितपुरलगायत विभिन्न स्थानमा घर-घडेरी, जग्गा, गाडी खरिद तथा विभिन्न कम्पनीको शेयर तथा लगानी गरेको र विभिन्न व्यक्तिको नाममा समेत जग्गाजमिन र चलअचल सम्पत्ति लुकाई स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

‘वैधानिक रुपमा सम्पत्ति आर्जन गरेको भन्ने वस्तुनिष्ठ आधार तथा प्रमाणबाट प्रमाणित गर्न नसकेकोले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले बिगो चार करोड अठासी लाख तीस हजार तीन सय उनान्तीस रुपैयाँ र पैसा चौवन्न कायम गरी सम्पत्ति जफत एवं असुल उपर हुन मागदाबी लिइएको छ’, उनले भने ।

बिज्ञापन

उनका अनुसार सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६ असार ३० देखि २०७७ असार ३१ सम्म वैधानिक रुपमा ११ करोड २५ लाख ६५ हजार १९९ रुपैयाँ आर्जन गरेको, तर उनको कमाई यसै अवधिमा १६ करोड १३ लाख ९५ हजार ५२८ रहेको पाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

रुद्रसिह तामाङ सचिवमा बढुवा

पूर्वप्रधानसेनापतिदेखि पूर्वपरराष्ट्रमन्त्रीका छोरासम्म राजदूतमा सिफारिस

बागमती प्रदेशमा १३४ दरबन्दी कटौती,९० जनाको अस्थायी दरबन्दी स्वीकृत

स्थानीय तहका २७ कर्मचारीको अन्तरपालिका सरुवा

बिशेष