भन्सार अधिकृतको शैक्षिक योग्यता एसएलसीमात्र : नपढेको कि विवरण नभरेको ?

नजराना बुझ्नमा अग्रसर हाम्रा प्रशासकहरु कतिसम्म जुम्सो छन् भन्ने एउटा सानो उदाहरण हेरौं । कर्मचारीको वैयत्तिक विवरण राख्दै आएको छ,निजामती किताबखानाले ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको यो विभागमा सम्पूर्ण निजामती कर्मचारीहरूको व्यक्तिगत विवरणको तथ्याङ्क रहन्छ ।
यही किताबखानामा देशभरका झण्डै एक लाख हाराहारीको वैयक्तिक विवरण समावेश छ । तिनैमध्येका एक कर्मचारी जो अधिकृतका रुपमा कार्यरत छन्,रसुवा भन्सारमा तर उनको वैयक्तिक विवरण (पिआइएस) हेर्दा उनी एसएलसीभन्दा माथिल्लो तहमा अध्ययन गरेका छैनन् । उनले अपडेट नगराएका हुन वा यो भन्दा माथिल्लो अध्ययन नै नभएको हो ? यो भने खोजीको बिषय बन्न पुगेको छ । निजामती ऐन अनुसार एलएलसीसम्म शैक्षिक योग्यता भएको कर्मचारी खरिदार तहका लागि योग्य हुन्छ । बढूवा भएर उ पुग्न सक्ने भनेको नायब सुव्वा तहसम्ममात्र हो । तर सरकारी अभिलेखमा एसएलसी योग्यता रहेका उनी कसरी र कुन आधारमा अधिकृतमा नियुक्त भए रु प्रश्नको बिषय छ । लामो समय दीप बस्नेत अख्तियार प्रमुख हुँदा उनको सचिवालयमा बसेका उनी यही चलखेलका आधारमा अधिकृतमा उक्लिएका हुन वा वैयक्ति विवरण अपडेट गर्ने छुटाएका हुन ? यो खोजीको बिषय हो । यस बिषयमा जिज्ञासा राख्नका लागि कर्मचारी प्रेसले तारन्तार फोन र म्यासेज गर्दा पनि उनले जबाफ फर्काउन उचित ठानेका छैनन् ।

बिज्ञापन

उनको वैयक्तिक विवरण (पिआइएस) हेर्दा उनी एसएलसीभन्दा माथिल्लो तहमा अध्ययन गरेका छैनन् । अधिकृतमा बढूवा भएको आठ बर्ष पुगिसकेको छ । जबकी निजामती ऐनले उनी नायब सुव्वासम्म मात्र बन्न सक्छन्,उनैले पेश गरेको विवरण अनुसार । लामो समय दीप बस्नेतको सानिध्यतामा रहेर काम गरेका उनले चलखेल गरेर बढुवा भएका हुन वा विवरण अद्यावद्यिक गर्न अल्छी गरेका हुन यो खोजीको बिषय हो ।

बिज्ञापन

पछिल्लो समय बास्तोलाले कर्मचारी युनियनको अधिवेशनको नाममा व्यवसायीहरुलाई दुख दिन थालेका छन् । सबैभन्दा बढी चल्तापूर्ता क्यारिङ व्यवसायीहरुसँग एकदमै घनिष्ट सम्बन्ध भएका कर्मचारीमा पर्दछन् उनी । पूर्व मन्त्री मोहन बस्नेतका नातेदार बुद्धराज बस्नेत र अर्को काँग्रेसका व्यापारिक पार्टनरसमेत रहेका माओवादी निकटका व्यापारी ईश्वर गुभाजु लगायतका,यस अघि कार्यालय सहयोगी रहेका नव धनाढ्य नवराज तिमिल्सिना (होमबहादुर) दिपेश चालिसे,उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अमृत कार्कीहरुसँग उनको विशेष साँठगाँठ रहेको भन्सारका कर्मचारीहरु नै बताउँछन् ।
निजामती किताबखानाबाट प्राप्त विवरण हेर्दा अधिकृत बास्तोला जागिरे जीवनको लामो कालखण्ड भन्सारमै कार्यरत रहेका अधिकृत हुन । कर्मचारी संकेत नंम्बर १७३२७५ बास्तोला खोटाङ दिक्तेत वडा नंम्बर ३ का स्थायी बासी हुन । २०५७ मंसिर ११ गते राजपुर भन्सार कार्यालय बर्दियाबाट खरिदार पदबाट जागिरे यात्रा शुरु गरेका उनी त्यहाँ २७ महिना बसे । २०५९ फागुन ९ गते देखि २०६१ चैत १ सम्म तातोपानी भन्सार कार्यालयमा कार्यरत रहेको उनको व्यक्तिगत अभिलेख हेर्दा देखिन्छ । यस्तै २ बर्ष राजश्व प्रशासन तालिम केन्द्र २०६३ असोज ४ गते नासुमा उक्लिएका बास्तोला आन्तरिक राजश्व विभाग हुँदै ०६७ फागुन ३० गते देखि २०७० साउन ४ सम्म तातोपानी भन्सार बसेका हुन् । त्यस्तै केहि समय भन्सार विभाग र अर्थ मन्त्रालय बसेका उनी २०७३ असोज ११ गते देखि २०७४ फागुन ४ सम्म रसुवा भन्सारमा बसे । २०७४ फागुन ४ देखि २०७५ असोज १५ सम्म अख्तियारमा दीप बस्नेत प्रमुख हुँदा उनको सचिवालयमा कार्यरत रहँदा उनको दरबन्दी रसुजा भन्सरमा नै थियो । ०८१ असार १४ देखि उनी रसुवा भन्सारमा पुगेका हुन । जतिबेला भन्सार विभागका प्रमुख थिए ढुण्डी निरौला । सो समयमा जनही सात लाखका दरले बुझाएर उनीहरु रसुवा भन्सार पुगेका बताइन्छ ।

पछिल्लो समय रसुवा भन्सार खोटाङ्गेहरुको कब्जामा रहेको छ । तिनै खोटाङ्गेहरुको टोली यस्तो धन्दामा अग्रसर रहेको पीडित व्यवसायीहरु बताउँछन् । रसुवा भन्सार कार्यालयमा अवैद्य रुपमा रकम असुली भइरहेको व्यापक गुनासो छ । कुनै ऐन,कानुन,नियमावलीले नचिन्ने जाँचकी कोष र कर्मचारी कोष लगायतका शीर्षकमा धमाधम असुली भइरहेको स्रोतले जनाएको छ ।

भन्सार कार्यालयका कर्मचारीहरुले दैनिक रुपमा यो शीर्षका लाखौं रकम घुस असुल गरिरहेको बताइएको छ । उनीहरुले कानुनले नचिन्ने कर्मचारी कोष र जाँचकी कोष शीर्षकमा दैनिक लाखौंसम्म नजराना असुल्ने गरेको बताइएको छ । भन्सारसँग सम्बन्धित कुनै ऐन,कानुन,नियम,नियमावलीले नचिन्ने जाँचकी कोष र कर्मचारी कोष शीर्षकमा दैनिक एक लाखसम्म असुली गरिने र सो रकम कर्मचारीहरुबीच नै भागबण्डा हुने गरेको छ । जाँचकी कोष शीर्षकमा रकम असुल्ने धन्दामा त्यहाँका खरिदार,सुब्बा, अधिकृत तहका कर्मचारी अगाडि सारिने गरेको बताइएको छ ।

उक्त नाकाबाट आयात तथा निर्यात हुने बस्तुको जाँच्पास गर्दा जाँचकी फण्डका नाममा प्रति गाडी एक हजारदेखि तीन हजारसम्म असुल्ने काम भइरहेको छ।
यता यो बिषयमा त्यहाँका प्रमुख तुलसी भट्टराईसँग सम्पर्क राख्दा यस प्रकारको गुनासो आएको भए पनि त्यस प्रकारको अवैद्य काम भने  नभएको प्रतिक्रिया दिएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै घुस खाने अधिकृतविरुद्ध मुद्धा दायर

४७ सहसचिवको सरुवा

४७ सहसचिवको एकै पटक सरुवा,१८ लाई प्रदेशमा खटाइँदा एकलाई महानगरपालिका

आन्दोलनरत शिक्षक महासंघको सरकारलाई जवाफः ‘१२ को परिक्षामा सहभागी हुदैनौं’

१२ को परीक्षामा निजामती कर्मचारी परिचालन अमान्य : ट्रेड युनियन

प्रेस चौतारीका पूर्वसचिवविरुद्ध भ्रस्टाचार मुद्दा,नियुक्तिको दुई दिनमै निलम्बन

स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन बीमा बोर्डको निर्णण

निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

बिशेष