मन्त्रीको प्रतिष्ठासँगै जोडियो एक महिला उपसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बारास्थित जीतपुर सीमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको सरुवालाई आफ्नो प्रतिष्ठाको बिषय बनाएका छन् ।
मन्त्री नियुक्त भएदेखि नै त्यहाँका प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई सरुवा गराउन खोजे,सकेनन् । उनी मन्त्री नियुक्त हुनुभन्दा दुई महिना अगाडि मात्र उर्मिला काफ्लेले जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेकी थिइन । ३१ असार मा राजकुमार गुप्ताले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेको चार दिनपछि नै आफ्ना पूराना दोस्त तथा जितपुर सीमराका वडा अध्यक्षको आग्रहमा उर्मिला काफ्लेलाई सरुवा गर्ने निर्णय तुरुन्तै गरिदिए । ३ श्रावणमा मन्त्रालयले काफ्लेलाई फिर्ता बोलाएर चेतकुमार पोखरेललाई जिम्मेवारी तोकिएको पत्र पठायो । तर विनाकारण आफूलाई सरुवा गर्ने निर्णय विरुद्ध काफ्ले अदालत गइन् । यही घटना पछि कुरा विग्रदै गएको हो । यतिले मात्र मन्त्रीको रिस मरेन, गुप्ताले काफ्लेको अमेरिका मनोनयन नै रद्द गरिदिए ।

बिज्ञापन

मन्त्रालयले २७ भदौको क्याविनेटबाट सहसचीब विरेन्द्रदेव भारतीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी तोक्यो । काफ्लेले त्यसका विरुद्ध पनि अदालतको अवहेलना भएको भन्दै रिट दायर गरिन । सर्वोच्च अदालतले गत मंसीर १० मा उनले दायर गरेका दुबै रिट खारेज गरेको थियो । रिट खारेज भएपछि मन्त्रालयले नयाँ प्रमूख प्रशासकीय अधिकृत पठाउने बाटो खुल्ला भयो । र यही पछि मन्त्रालयले काफ्लेलाई अछामको २पञ्चदेवल विनायक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएको थियो गत ०८० मंसिर १६ गते ।

बिज्ञापन

यसरी खटाइएको काफ्ले सम्बन्धित ठाउँमा नगएको भन्दै पुस १२ गते रमाना बुझ्न अर्काे पत्र काटिएकोमा पुन २४ घण्टाभित्र रमाना बुझ्न मन्त्रालयले अल्टिमेट दिएको छ ।
के मन्त्रीले काफ्ले झैं सबै कर्मचारीलाई सरुवा भएकै ठाउँमा खटाउन सकेका छन् त ?
अर्काे उदाहरण हेरौं गत भदौं २७ गते एक उपसचिवलाई पालिकामा प्रमुख प्रशासकीय अधिकृतको खटाइएको छ,गणेश तमाङलाई, उनी मन्त्रायको बरण्डामा थिए । उनलाई सर्लाहीको मलंगवा नगरपालिकामा खटाएको चार महिना व्यतित भइसक्दा समेत उनी खटाइएको स्थानमा गएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा रहेका उनलाई सो पालिकामा खटाएको चार महिना व्यतित भइसक्दा समेत तमाङलाई त्यहाँ पठाउन सकेको छैन । सो पालिकामा अहिले शिक्षा सेवा तर्फका दशौं तहका अधिकृत होमनाथ सुवेदी प्रमुख प्रशसकीय अधिकृतको जिम्मेवारीमा छन् । पालिका स्रोतका अनुसार उनी ०७५ सालदेखि अहिलेसम्म सोही पालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा छन् । बीचमा शिक्षा मन्त्रालयबाट खटिएका गेहनाथ गौतम हाल शिक्षक सेवा आयोग र रञ्जित यादव केही महिना त्यहाँको प्रमुख प्रशासकीय भए पनि उनी ०७५ सालदेखि निरन्तर उक्त पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका छन । त्यसरी तमाङलाई न त रमाना बुझ्न न त २४ घण्टे अल्टिमेटम पत्र नै काटेको छ सामान्यले ।

बिज्ञापन


यस्तै गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत कृष्णनन्दन रायको सरुवा गरेको तीन महिना व्यतित भइसक्दा समेत पालिका छाडेका छैनन् । मन्त्रालयले असोज १४ गते अधिकृत केशवराज पार्थे हस्ताक्षरित पत्रमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत काफ्ले र रायलाई रमाना बुझ्न पत्र काटिएको थियो गत पुस १२ गते । तर दश दिन बित्दा समेत खटाइएको ठाउँमा नगएको भन्दै अर्को पत्र काटिएको हो । जगरनाथपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रायलाई भूमि मन्त्रालयमा सरुवा गरेको थियो तर तीन महिना पूरा भइसक्दा समेत उनी त्यहाँबाट सरुवा भएका छैनन् । मन्त्रालयले उनी उपर समेत कुनै कारवाही गर्न सकेको छैन । यो बीचमा गत पुस १२ मा रमाना बुझ्न अर्को पत्र सम्म काटेको छ ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजुकमार गुप्ताको प्रतिष्ठाको बिषय बन्दा एक सहसचिवलाई भने मन्त्रालयले २४ घण्टे अल्टिमेटम पत्र काट्यो तर अरुको हकमा त्यसरी अल्टिमेटम पत्र काटिएको भेटिएको छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष