सात बर्षसम्म आएन सदाचार नीति,लेखा समितिमा कार्यशाला गोष्ठी

संघीय संसद सचिवालय संसदीय प्रशिक्षण शाखाले सुशासन संबर्धनका लागि सदाचार नीतिको आवश्यकता विषयमा आज कार्यशाला गोष्ठीको आयोजना गर्दैछ । उक्त गोष्ठीमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरु, संसदका विभिन्न समितिका सभापतिहरु र नेपाल सरकारका सचिव र सहसचिव सहभागी हुने जनाइएको छ ।

बिज्ञापन

सार्वजनिक लेखा समितिको भवनमा मध्यान्ह १ बजे पछि हुने उक्त कार्यशाला गोष्ठीमा संघीय संसद सचिवालयका सचिव डा रोजनाथ पाण्डेले सुशासन संबर्धनका लागि सदाचार नीतिको आवश्यकता विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यपत्र माथि पूर्व मन्त्री तथा नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेल र नेपाल सरकारका पूर्व सचिव डा दामोदर रेग्मीले टिप्पणी गर्ने कार्यक्रम रहेको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले २०७४ सालमा राष्ट्रिय सदाचार नीतिको मस्यौदा ल्याएको भए पनि सो मस्यौदा ७ वर्ष सम्म अलपत्र परिरहेको सन्दर्भमा सो नीति ल्याउन यो कार्यशाला गोष्ठी सफल हुने विश्वास गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

१७ बर्षे किशोरी बलात्कृत,मेयर पक्राउ

बिशेष