मालबाहक ट्रकमा १६१ किलो गाँजा फेला, दुई जना पक्राउ

पर्सा – पर्सा प्रहरीले वीरगञ्जबाट १६१ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ कमाने बस्ने ४४ वर्षीय कृष्ण घलान र चितवन राप्ती नगरपालिका-३ बस्ने २० वर्षीय रोनाल विश्वकर्मा रहेका छन्।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले परवानीपुरबाट ड्राइपोर्टतर्फ जाँदै गरेको ना३ख ४२१२ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा आइतबार राति गाँजा फेला पारेको हो।पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार महानगरपालिका-१८ भवानीपुर सीताराम चोकस्थित सडकबाट उक्त परिमाणको गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो।

बिज्ञापन

ट्रकको हुटमा फल्स बनाई प्लाष्टिकमा बेरेर राखिएको १६ वटा पोकामा उक्त परिमाणको गाँजा फेला परेको लम्सालले बताए।कृष्ण ट्रकका चालक हुन् भने रोनाल ट्रकमा सवार व्यक्ति थिए। उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उपसचिवको लिखित परीक्षा वैशाख तेस्रो सातादेखि, कुन सेवाको कहिले ?

फिल्म निर्माताको ठगी धन्दा,बल्ल परे प्रहरीको फन्दा

राजश्वका पूर्व महानिर्देशक अधिकारीलाई २५ लाख धरौटीमा छाड्न आदेश

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर,सब इन्जिनियर,लेखापालसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्धा दायर

सामान्य प्रशासनको लाचारी : १४५ स्थानीय तहमा खटाउन सकेन दरबन्दी अनुसारको कर्मचारी

ब्युरोक्रेसी सुधारमा हतार होइन, विवेक आवश्यक

१६ अर्बको ठेक्का, निगरानी आफ्नै पूर्वकम्पनीसँग जोडिएको इन्जिनियरको: मन्त्रालयको निर्णय विवादमा

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बिशेष