कारभित्रै मृत भेटिएका प्रहरीलाई गोली हानेको पुष्टि, इन्सपेक्टर नै शंकाको घेरामा

बाराको जितपुरसिमरा उप-महानगरपालिका-११ स्थित सडक छेउमा कारभित्र मृत भेटिएका रुम्बाको गोली हानी हत्या भएको पुष्टि भएको छ। गत शनिवार बागमती प्रदेश ०१-०२८-च ७६१६ नम्बरको कारभित्र सिमरा बिमानस्थलमा नेपाल प्रहरीको कार्यालय सहयोगीको रुपमा कार्यरत राजकुमार रुम्बा मृत भेटिएका थिए।

बिज्ञापन

उक्त कार सिमरा विमानस्थलमै कार्यरत राष्ट्रिय अनुसन्धान विभागका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको भएको खुलेको थियो। रुम्बाले निरीक्षक तिवारीसँग कार मागेर बाहिर निस्किएका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जितपुर सिमरा उपमहानगरपालिका–१, सेन्डिगेट घर भएका रुम्बाको शव जितपुरसिमरा उपमहानगरपालिका–११, अमाडरस्थित पुलछेउमा निजी कारभित्र फेला परेको थियो । मृतकको टाउकोमा चोट थियो ।घटनाको अनुसन्धान भने अझै निष्कर्षमा पुगेको छैन । स्रोतका अनुसार घटनामा शंकास्पद भूमिका देखिए प्रहरी राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर श्रीकान्त तिवारी नियन्त्रणमा छन् ।उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । अन्य केही शंकास्पदलाई पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चाडपर्वमा सहज आपूर्ति सुनिश्चित गर्न मुख्यसचिवको निर्देशन

‘ढड्डा र अड्डामुखि निजामती सेवा अब डिजिटलाइजेसन युगमा’ -मुख्य सचिव अर्याल

कर्मचारीको माग र भावना समेट्दै छिट्टै निजामती विद्येयक पारित हुन्छ : उपप्रधानमन्त्री सिंह

८६ हजार निजामतीमा कोही भेटिएनन् पुरस्कार पाउन योग्य कर्मचारी

यस बर्षको निजामती पुरस्कार पाउने कर्मचारीको नाम किन गुपचुप ?

‘व्यवसायिक र तटस्थ निजामती- प्रभावकारी शासन प्रणाली’

“नागरिकले सेवा होइन,सेवाले नागरिक खोज्ने बेला आएको छ”

योग्यता प्रणालीलाई क्षयीकरण हुन नदिऔं

बिशेष