मनाइयो ७४औँ मुक्तिदिवस

रामप्रसाद राई स्मृति प्रतिष्ठान केन्द्रीय समितिद्वारा ७४ औँ मुक्तिदिवसका अवसरमा विचार–गोष्ठी तथा सम्मान समारोहको आयोजना गरियो । समारोहका प्रमुख अतिथि हुनुहुन्थ्यो, पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठ साहित्यकार तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ज्ञवालीले नेपालमा आएको गणतन्त्र प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईहरुकै सपना भएको बताए । उनले जननायक राईलाई सरकारले न्यायोचित सम्मान दिनुपर्नेमा जोड दिदै त्यसका लागि आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बिज्ञापन

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कर्ण घलेको सभापतित्वमा भएको कार्यक्रममा भोजपुरका संघीय सांसद माननीय हेमराज राईले २००७ साल मंसिर २४ गतेका दिन नारदमणि थुलुङको राजनीतिक नेतृत्व र रामप्रसाद राईको सैन्य नेतृत्वमा राणाहरूको हातबाट भोजपुरको मालअड्डा बिना रक्तपात नियन्त्रणमा लिएर जनताको शक्ति देखाएको दिनको स्मरणमा तत्कालीन भोजपुर जिल्ला विकास समितिको निर्णयअनुसार मंसिर २४ गतेलाई मुक्तिदिवसका रूपमा मनाउन थालेको र रामप्रसाद राई स्मृति प्रतिष्ठानको स्थापना भएपश्चात् काठमाडौँमा प्रतिष्ठानको आयोजनामा हरेक वर्ष मंसिर २४ गते मुक्तिदिवस मनाइने गरिएको बताए ।

बिज्ञापन

कार्यक्रममा स्मृति प्रतिष्ठानका पूर्व उपाध्यक्ष तथा अन्वेषक रामकुमार बान्तावाले रामप्रसाद राईको जीवनी, व्यक्तित्व र योगदानबारे चर्चा गर्दै स्मृति प्रतिष्ठानको उद्देश्य र स्मृति प्रतिष्ठानले गरेका प्रमुख गतिविधिबारे प्रकाश पारेका थिए । यसै गरी इतिहासकार प्रा।डा। गोविन्दमान सिंह कार्कीले २००७ सालको क्रान्ति त्यसमा रामप्रसाद राईको योगदानका बारेमा आफ्ना विचार राखेका थिए ।

स्मृति प्रतिष्ठानकी उपाध्यक्ष इन्दिरा पोखरेलले स्वागत मन्तव्यका साथै प्रतिष्ठानको गतिविधिबारे पनि प्रकाश पारेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि ज्ञवालीद्वारा रामप्रसाद राईकी कान्छी छोरी कृष्णकुमारी राईलगायत विभिन्न व्यक्तित्वहरूलाई सम्मानपत्र, कदरपत्र र आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । महासचिव शान्ति देवानको सहजीकरणमा भएको कार्यक्रममा संविधानसभा विशाल भट्टराई, बागमती प्रदेश सभाकी पूर्व सदस्य देवकी श्रेष्ठ बान्तावा, सल्लाहकारहरू पारुहाङ राई, पासाङदोर्ची शेर्पा, देवान राई, पारुहाङ राई, वसन्त मुकारुङलगायतको उपस्थिति रहेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भग्नावशेष अगाडि प्रदेशको आठौं बार्षिकोत्सव : कर्मचारीप्रति चर्काे आक्रोश

भ्रष्टाचार मुद्धामा मालपोतको खरिदार दोषी ठहर

चूडामणि शर्मासहितको भ्रष्टाचार मुद्दामा विशेषज्ञ झिकाउने आदेश

लोकसेवा परीक्षा दिने १२ ‘खेताला उमेद्धार’ पक्राउ

अदालतबाट सफाइ पाएको ८ महिना पछि फेरि अर्काे भ्रष्टाचार मुद्धा,पुनर्बिमा अध्यक्ष निलम्बित

लोकसेवामा नक्कली परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चूडामणि शर्मा सहित तीन जनाविरुद्धको मुद्दा पुनः विशेष अदालतमा

बिशेष