बैठकमा अनुपस्थित सहसचिव लामिछाने भ्रष्टचारी ठहर,विशेषको फैसलाले तरङ्ग

पछिल्लो समय विशेष अदालतले भटाभट मुद्धा फैसला गरिरहेको छ । त्यहाँ तिव्र गतिमा मुद्धाको फैसला हँुदै आएको छ । विशेष अदालतमा गैरकानूनी सम्पत्ति आर्जन, निर्णयगत अनियमितता, नक्कली प्रमाणपत्र, घुसररिसवत, सम्पत्ति शुद्धीकरण र पुनरावेदन गरी सात प्रकारका मुद्दा दायर हुन्छन्। २०८० मंसिर १८ मा टेकनारायण कुँवरको अध्यक्षतामा न्यायाधीशहरूको नयाँ टिम आएसँगै तीव्र गतिमा मुद्दा फर्छ्योट हुन थालेको छ ।

बिज्ञापन

तर यही अदालतले गत बिहिबार सुनाएको एउटा मुद्धाको फैसला विवादमा परेको छ । विशेष अदालतले नेपाल वायुसेवा निगमको दुई वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालिन अध्यक्ष सहित चार जनालाई दोषी ठहर गरेको थियो । अदालतले तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगानालाई दोषी ठहर गरेको हो ।

बिज्ञापन

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले एक अर्ब ४७ करोड रुपैंया नै भ्रष्टाचार भएको ठहर गरेको छ । यसमा जोडिएका पूर्वमन्त्री जीवनबहादुर शाही लगायतका अरु २२ जनाले सफाइ पाएका छन् ।

विशेषले पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई दोषी करार गरेको छ । तर लामिछाने एमाओयू सम्झौतामा हस्ताक्षर नगरेको तथ्य अहिले बाहिरिएको छ । २०७३ माघ १७ को वायुसेवा सञ्चालक समितिको बैठकमा लामिछाने अनुपस्थित थिए । तत्कालीन सचिव शंकरप्रसाद अधिकारीको अध्यक्षतामा बसेको उक्त बैठकमा भन्सार विभागका महानिर्देशक शिशिर कुमार ढुङ्गना,सदस्यहरु मुक्तिराम पाण्डे,निमा नुरु शेर्पा,कामु उप निर्देशक अशोक सिग्देलका अलवा सुगतरन्त कंसाकार बैठकमा उपस्थित थिए । माइन्यूटमै सहसचिव लामिछानेको अनुपस्थित रहेको उल्लेख गरिएको छ ।

बिज्ञापन

उनी अनुपस्थित भएको दिनको बैठकबाट भएको निर्णयको आधार हुँदाहुँदै विशेषले दोषी करार गरेर फैसला आएसँगै उक्त फैसलालाई त्रुटिपूर्ण भनिदैंछ । उक्त जहाज खरिद प्रक्रियाको प्रारम्भ गर्दाका बेला अहिले अख्तियारको प्रमुख प्रेम राई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव थिए । मन्त्रालयका सचिव नेपाल वायु सेवा निगमको अध्यक्ष रहन्छन् । २०७२ फागुन १० गतेदेखि २०७३ भदौ २३ गतेसम्म निगम सञ्चालक समितिको अध्यक्ष राई नै थिए ।सोही समयमा यो निर्णय भएको भए पनि उनीमाथि अनुसन्धान नै भएन ।

उसो त यस अघि अख्तियारबाटै सुनाइएको गोदावरी नगरपालिकाको भ्रष्टाचार मुद्धामा मेयर उपमेयरसहित प्रमुख प्रशासकीय अधिकृतहरुलाई सफाई दिने फैसला समेत विवादमा परेको छ । अख्तियारले प्रतिवादीलाई २६ करोड ६३ लाख २३ हजार ३९८ रुपैयाँ विगो कायम गरी मुद्दा चलाएको थियो । विशेष अदालतले ७१ दिनमै फेस्ला सुनाउँदै सबैलाई सफाइ दिएसँगै उक्त फैसलाले अख्तियार र विशेषको दुरी बढेको स्थिति थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष