म रिटायर्ड हुँ, टायर्ड हैन

उक्त भनाइ अधिकांश सेवा निवृत्तहरूको मुखबाट सुनिने शब्द हो। हुन पनि हो, कतिपय देशहरूमा सेवाबाट निवृत्त हुन उमेर तोकिएको हुदैन र उनीहरू शरीरले साथ दिदा सम्म सेवा गरिरहेका हुन्छन्। तर हाम्रा जस्ता सीमित रोजगारीका साधन हुने मुलुकहरूमा पछिल्लो पुस्तालाई पनि सोही पदमा रोजगारी दिनु पर्ने भएकोले निश्चित उमेर पुगे पछि निवृत्त हुनु पर्ने हुन्छ। यसरी जवर्जस्ती रिटायर्ड हुनेहरू भन्ने गर्छन् कि म सेवा बाट रिटायर्ड हुनु परे पनि टायर्ड वा थाकेको छैन। यसको अर्थ हो म अझै पनि काम गर्न सक्षम छु। हुन त यसरी रिटायर्ड हुनेहरु मध्ये केही भाग्यमानीहरूले राजनीतिक नियुक्ति पनि पाउन सक्छन्। त्यस्तै यहां सबैको रिटायर्ड हुने उमेरमा पनि धेरै वर्षको अन्तर हुने गर्छ। त्यसैले राजनीतिक नियुक्ति पाउने वा बढी वर्ष सम्म काम गर्न पाउनेहरू टायर्ड नहुने तर अन्य रिटायर्डहरू मात्र टायर्ड हुने यस्तो कदापि हुन सक्दैन।

बिज्ञापन

बरू जसले आफूलाई बदलिदो प्रविधि संग एकाकार बनाउन सकेका हुदैनन् त्यस्तोलाई टायर्ड भन्न मिल्छ। रिटायर्ड ब्यक्तित्वहरूको आफ्नै सोच र दृष्टिकोण हुने गर्छ। रिटायर्ड लाईफलाई पनि कृयाशील बनाउने प्रयत्न गर्छन्। आफू सेवामा रहदा बस्दा पूरा गर्न नभ्याएका कामहरू यति बेलै गरिन्छ। समाजमा यूवाहरू करीव करीव कम भएको अवस्थामा यूवाले गर्ने सामाजिक कामको जिम्मेवारी समेत रिटायर्डले गर्नु पर्ने हुन्छ। गाऊ समाजमा शिक्षाको ब्यबस्थापन, स्वास्थ्य ,खानेपानी, बाटोघाटोको ब्यबस्थालाई तन्दुरूस्त बनाउनु पर्छ। गाऊ समाजको परम्परा र संस्कृतिलाई पुनर्जाग्रित गराउनु पर्छ, स्थानीय राजनीतिलाई समाज सेवाको साधनमा रूपान्तरण गर्नु पर्छ। यी र यस्ता काम गर्ने जनशक्तिको सर्वथा अभाव गाऊ समाजमा हुने गर्छ। यूवाहरू रोजगारी र शिक्षा दीक्षाका लागि गाऊ समाज छोडेर शहर बजार र विदेश समेत जानु पर्ने वाध्यताले गाऊ समाजमा जन्ति र मलामी समेत नभेटिने कुराले चर्चा पाई रहेको छ। यस्ता भूमिका निर्वाह गर्नु पर्ने रिटायर्डहरूले आफूलाई कसरी टायर्ड मान्न सक्छन्रु अवश्य पनि सक्दैनन्, त्यसैले उनीहरूलाई कृयाशील बनाउन राज्यको नीति बन्नु जरूरी छ।

बिज्ञापन

आज भोली के पनि खवर सुनिन थालेको छ भने विकास गांऊ गांऊमा पुगेको छ तर उपभोग गर्नेहरूको अभाव छ। यो केही हद सम्म सत्य पनि हो। स्थानीय तहले आफ्नो साधन श्रोत स्थानीय विकासमा खर्चिएको छ तर रोजगारी र स्तरीय शिक्षाको खोजीमा त्यहांको जनसंख्या शहर वा विदेश तिर पलायन भै रहेको छ। यस्तो स्थितिमा रिटायर्ड जनशक्तिले गाऊ कुरेर बसेको अबस्था छ। यसो भन्दैमा सबै रिटायर्डहरू शहर तिर छदै छैनन् भन्ने पनि हैन तर यिनीहरूमा रहेको जोश र जांगरलाई स्थानीय तहमा सदुपयोग गर्न नसकेकै कारण यो वर्ग पलायन भएको हो भन्न धक मान्नु पर्ने देखिदैन।

खासगरी भन्ने हो भने मासिक रूपमा निवृत्तिभरण भत्ता लिई गाऊ घरमा बसेका रिटायर्डहरूलाई स्थानीय तहमा राजनीतिमा सरीक गराएर उनीहरू मार्फत सामाजिक कार्यमा भूमिका दिन सकेमा उनीहरू टायर्ड त हुदैनन् नै त्यस माथि समाज सेवालाई आवश्यक परेका कामहरू उनीहरू मार्फत गराउनु उपयुक्त हुन्छ। यसको लागि राज्यले आवश्यक नीति बनाउनु पर्ने हुन्छ। खासगरी हाम्रा स्थानीय निकायहरूमा विकास निर्माणको लागि प्रतिनिधिको छनौट गरिन्छ र यसमा राजनीतिलाई भन्दा समाज सेवालाई महत्व दिईनु पर्छ।
सरकारी सेवाको क्रममा आकल झुक्कल वैदेशिक तालिम लिदाको अनुभवले बताउछ कि तालिम प्रदान गर्ने प्रशिक्षकहरू रिटायर्ड कर्मचारीहरू मध्यबाट आउने रहेछन्। यसले बताउछ कि रिटायर्ड कर्मचारी पनि ज्ञान र अनुभवका श्रोत बन्न सक्दा रहेछन्। त्यसै गरी नेपालमा सेवा निवृत्त कर्मचारीहरू पनि विदेशमा गएर वर्क पर्मिट लिएर पूनः आय आर्जन गरेको पनि देखिएको छ तर यसरी पुनर्सेवा गर्नेहरूले आफूलाई तन्दुरूस्त, स्वस्थ र समसामयीक तुल्याउन भने जरूरी छ।

बिज्ञापन

नेपालमा भने जागिरका क्रममा दलीय राजनीति संग सामिप्यता राख्नेहरूले मात्र रिटायर्ड लाईफलाई कृयाशील बनाई राख्ने अवसर पाईन्छ। यसरी यो कृयाशीलताको योग्यता केवल राजनीतिक संलग्नलतालाई मात्र मानिएको छ। निजमा प्राविधिक क्षमता, समसामयिकता, राजनीति भन्दा माथि उठेर निष्पक्ष रूपमा माथि उठ्न सक्ने क्षमता भन्दा राजनीतिक संलग्नतालाई मात्र आधार मानेर भूमिका दिदा त्यसले राष्ट्र र समाजको लागि केही गर्न सक्दैन। तसर्थ राज्यले रिटायर्ड जनशक्तिको रोष्टम बनाई तिनीहरूलाई समसामयीक बनाएर राज्यका विभिन्न भूमिकामा संलग्न गराउन सके रिटायर्ड भएर पनि टायर्ड नहुने जन शक्तिबाट मनग्गे फाईदा लिन सक्छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।