संघीय निजामती सेवा विद्येयक माथि दफादार छलफल प्रारम्भ

संघीय निजामती सेवा विद्येयकमाथि दफादार छलफल शुरु भएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकमाथि आइतबारदेखि दफावार छलफल अगाडि बढाएको हो ।

बिज्ञापन

संसदमा आएको ९ महिनापछि निजामती विधेयक माथि आइतबारदेखि दफावार छलफल सुरु भएको हो । सङ्‌घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ २१ फागुन २०८० मा प्रतिनिधिसभामा दर्ता भएको थियो ।

बिज्ञापन

सैद्धान्तिक छलफल गरेर प्रतिनिधिसभाले दफावार छलफलका लागि १५ जेठ २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो । ९ महिना अगाडि प्रतिनिधि सभामा दर्ता भएर अलपत्र परिरहेको संघीय निजामती सेवा विद्येयक अगाडि बढाउने बिषयमा बल्ल गृहकार्य अगाडि बढाइएको छ । असार २ गते समितिले पहिलो पटक उक्त विद्येयक उपर छलफल गर्ने तत्कालीन गृहमन्त्री सहितलाई आमन्त्रण गरेको थियो तर एनजीओका खाजा लफडाका कारण उक्त विद्येयक उपर छलफल अगाडि बढ्न सकेको छैन ।

विद्येयकमा विभिन्न १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

बिज्ञापन

२०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो । त्यसपछि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेन । यस पटक गत जेठमै संसदबाट समितिमा पुगेको विद्येयक झण्डै नौ महिनासम्म अलपत्र परिरहेकोमा बल्ल अगाडि बढाइएको हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर पर्सा र काठमाडौं

प्रधानमन्त्री मातहतकै सतर्कता केन्द्र ‘सुत्केरी’, अनुसन्धान होइन गोष्ठीमै रमाइलो

कर्णालीमा २८ प्रतिशत कर्मचारी अभाव

यातायात सेवा विस्तारमा मन्त्रीको ठाडो हस्तक्षेप : ट्रायल सेन्टरको खरिद प्रक्रिया रोक्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

उपकुलपति र कुलसचिवका लागि दरखास्त आह्वान

तीन उपसचिव सहसचिवमा बढुवा सिफारिस

शहरी विभागको खण्डन : ‘खरिद नियमावली मिचिएको र नियुक्तिमा आर्थिक चलखेल’ समाचारमा कुनै सत्यता छैन

अब अनलाइनबाट कर्मचारी सरुवा

बिशेष