ट्राफिकको प्रमुख अख्तियारको फन्दामा

घरमै घुस बुझ्ने एक प्रहरीलाई अख्तियारले नियन्त्रणमा लिएको छ । काम सहजीकरण गरिदिने भन्दै २५ हजार घुस रकम बुझ्ने जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई अख्तियारबाट खटिएको टोलीले आज नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकीलाई यसरी घुस रकमसहित पक्राउ गरेको । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलबाट खटिएको टोलीले उनलाई उनको निवासबाटै घुस रकमसहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।

बिज्ञापन

रोल्पा नगरपालिका–४, स्थित निवासमा सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बुढाथोकीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उनले सवारीसाधन आवतजावतमा सहजीकरण गराइदिने प्रलोभनमा घुस मागेको प्रारम्भिक अनुसन्धानको क्रममा पाइएको आयोगले जनाएको छ । उनले सवारी आवतजावत सहजीकरण गरिदिने भन्दै २५ हजार रुपैयाँ घुस लिएको पाइएसँगै अख्तियारको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

बिशेष