त्रिवि अध्यागमनमा सूदुरपश्चिमको पकड,९ दरबन्दी रित्त,खटाइयो ३४ अधिकृत

रिक्त भएको ठाउँमा कर्मचारी खटाउन नसक्ने,सबैलाई एयरपोर्टमा थुपार्न खोज्दा अहिले अध्यागमन प्रशासनमा लफडा निस्किएको छ । गृहमन्त्री रमेश लेखक,सचिव गोकर्णमणि दुवाडी र गृहमन्त्रीका सचिवालयमा पुगेका बद्री तिवारी,कप्र हेर्ने हाकिम छवि रिजालहरुको जोडबलमा पछिल्ला समय अध्यागमनका कर्मचारीहरु चलाउँदा लफडा भएको गृहका कर्मचारीहरुले बताएका छन् ।

बिज्ञापन

तिवारी मन्त्रीको सचिवालयमा पुगेलगतै गृहले ३४ जना अधिकृतहरुलाई अध्यागमनमा खटाएको थियो । शुरुको लटमा १९ जनालाई अध्यागमनमा पठाएर १५ जना त्यसै राखिएकोमा दोश्रो लटमा थप १३ जना अधिकृतलाई त्यता पठाइएको छ । मन्त्रीका गृह जिल्ला र सूदुरपश्चिमका अफिसरहरुलाई त्यता पठाउने उदेश्यले यस अघि ६ महिना पनि नपुगेका १३ अधिकृतलाई त्यहाँबाट निकालिएको छ ।

बिज्ञापन

अझैं रोचक त,त्रिवि अध्यागमनमा जम्मा ९ जना अधिकृतको मात्र दरबन्दी रिक्त रहेकोमा यस अघि नै रिक्त दरबन्दी भन्दा दोब्बर बढी कर्मचारीहरु पठाइसकिएको थियो । जबकी दरबन्दी रिक्त रहेको खरा,भैरहवा,रसुवा,सिन्धुपाल्चोकमा अफिसर नहुँदा कामकाज प्रभावित हुँदै आएको छ । थप १५ अफिसर पनि त्यतै खटाउने तम्तयारी चल्दैछ ।

स्रोतका अनुसार अध्यागनमा खटाइएका कर्मचारीहरुमा सुमित महत जिल्ला प्रशासन कार्यालय इलाममा पुर्याइएको छ भने हरिनारायण शर्मालाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँची,किरण कुमार मिश्रालाई कारागार व्यवस्थापन विभाग,नृपराज उपाध्यायलाई जिल्ला प्रशासन कार्यालय अछाम,सोम खड्कालाई कारागार व्यवस्थापन विभाग,सञ्जयकुमार साह इलाका प्रशासन कार्यालय चन्द्रौटा,रामहरि पोखरेललाई कारागार व्यवस्थापन विभाग,शिव कार्कीलाई जिल्ला प्रशासन चितवनमा खटाइएको छ । यस्तै जनक कोइरालालाई जिप्रका सप्तरी,टंकराज गौतमलाई जिप्रका डोटी पुगेका छन् । माधवी ढकाल खनाललाई गृह मन्त्रालयमा ल्याइएको छ भने रविन्द्र पोखरेल कारागार व्यवस्थापन विभाग पुगेका छन ।
यस्तै नासु १८ जनालाई सरुवा गरेर बाहिर पठाइएको छ । सरुवा हुनेहरुमा ईश्वरी अर्याल,शोभा रिजाल,रेणुका पाण्डे,उर्मिला अधिकारी,सन्तोष लामिछाने,ज्योती अर्याल,डिक प्रसाद दाहाल,मिलन कार्की,सुमित मगर,हरिनारायण शर्माहरुलाई त्यहाँबाट बाहिर पठाइएको छ । यी अधिकांश माओवादी र एमाले निकटका कर्मचारी हुन ।

बिज्ञापन

अध्यागमनको कर्मचारी परिचालन गर्दा कसैलाई माथै माथ हुने गरी एक पटक सरुवा भइसकेका अधिकृतहरुलाई घुमाइ फिराइ फेरि त्रिवि अध्यागमनमै खटाइएको छ । तर मन्त्री,सचिव,सचिवालयसँग नजिक नभएका र पहुँच नपुगेका कर्मचारीले कहिल्यै त्यहाँ जाने अवसर पाएका छैनन् ।

यसरी पटक पटक अवसर पाउने अधिकृतहरुमा कृष्ण न्यौपाने,लक्ष्मी भुसाल,रामचन्द्र शिवाकोटी लगायतका छन् ।  उनीहरु दोह्रर्याएर त केही तेह्राएर अध्यागमनमा पुग्न सफल भएका छन् ।

जबकी भैरहवा,पोखरा,रसुवा,तातोपानी लगायतका कार्यालयहरुमा दरबन्दी अनुसारका कर्मचारी नभएर विजोग छ । गृह स्रोतका अनुसार भैरहवामा ६ अधिकृतको दरबन्दी रिक्त छ । त्यहाँ कर्मचारी खटाउन सकिएको छैन । यस्तै पोखरामा ९ अधिकृतको दरबन्दी रिक्त छ । त्यहाँ जाने कर्मचारी भेटिएको छैन ।

गृह स्रोतका अनुसार,तातोपानी र रसुवागढीमा समेत अधिकृतको दरबन्दी रिक्त छ तर ती कार्यालयमा कर्मचारी खटाउन सकिएको छैन । यता त्रिवि अध्यागमनमा भने दरबन्दी भन्दा दोब्बर कर्मचारी पठाएर जात्रा देखाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।