साउनमा उर्जा आयोग, मंसिरमा शहरी

सरकारले सहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देललाई पठाउने भएको छ । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले ५८ वर्षे उमेर हदका कारण यहीं मंसिर १२ गते अनिवार्य अवकाश पाएपछि उक्त मन्त्रालयमा सचिव रिक्त रहेको थियो। सो स्थानमा हाल जल तथा उर्जा आयोगमा रहेका सिग्देललाई पठाउने निर्णय गरेको हो ।

बिज्ञापन

सिग्देल यस अघि साउनमा २१ जना सचिवको सरुवा हुँदा भौतिक मन्त्रालयबाट काँग्रेसका दिपक खड्काले नेतृत्व गरेको उर्जा मन्त्रालयमा पुगेका थिए ।चार महिनापछि नै उनी सरुवामा परेर बढी बजेट खेलाउने मन्त्रालय मानिएको सहरीमा प्रवेश पाएका हुन । सिग्देल रुख छापे भनेर चिनिन्छन् ।

बिज्ञापन

सिग्देलले यस अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको ऊर्जा सचिव भएर काम गरिसकेका छन् । उनी यस अघि सडक विभागको महानिर्देशक चलाइसकेका कर्मचारी हुन । सहरीमा सरजु कुमार वैद्य वा प्रमिला राजभण्डारीमध्ये एक लाई सचिवमा लगिने चर्चाका विपरित सिग्देलले बाजी मारेका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

बिशेष