मानव तस्करीको गम्भीर आरोपमा मुछिएका अधिकृतहरुले सफाइ पाएका छन् । विशेष अदालतले उनीहरुलाई सफाइ दिएको हो ।
बिज्ञापन
प्रसग हो,थियो,गत बर्षको ।अघिल्लो बर्ष मंसिर २६ गते अध्यागमन अधिकृत नरवीर खड्कालाई भिजिट भिसामा सेटिङ गरेवापत २ लाख रुपैयाँ घुस लिँदै गर्दा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । उनले अध्यागमन अधिकृतहरुले दैनिक ४५ हजारसम्म उठाउने गरेको बयान दिएका थिए । त्यहाँ रकम उठाउनका लागि समिति नै रहेको उनले बयान समेत दिएका थिए । नरबीर पक्राउ परेसँगै अरु सात जना अध्यागमन अधिकृतहरु फरार थिए ।
बिज्ञापन
नक्कली भुटानी शरणार्थीजस्तै अपराध मानिएको यो प्रकरणमा डामिएका अधिकृतहरु थिए, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागो । तिमध्ये एक अष्ट्रेलिया र अर्को भागेर हङकङ पुगेको प्रहरी अधिकारीहरुको भनाई थियो तर काठमाडौं जिल्ला अदालतका न्यायधीश सुमन कुमार न्यौपानेको इजलाशबाट भगौडा अधिकृतले सात लाख तिरेर सफाई पाएसँगै फागुन ९ देखि १६ सम्म दैनिक एक/ एक जनाका दरले अधिकृतहरु नै सात सात लाखका दरले धरौटी बुझाएर उन्मुक्ति पाएका उनीहरुलाई शुक्रवार विशेष अदालतले सफाई दिएको हो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राम प्रसाद शर्माको इजलासले शुक्रबार खड्कासहित विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागोलाई सफाइ दिएको हो।
बिज्ञापन
लिखत किर्ते तथा संगठित अपराधसम्बन्धी कसुरमा गीता शाह, अरुण दाहाल, सरोज कुमार यादव र गणेश पाण्डेलाई भने अदालतले दोषी ठहर गरेको छ। सजाय निर्धारण गर्न भने बाँकी रहेको विशेष अदालतले जनाएको छ ।