एकरामलाई सचिव बनाउने कुरामा होलात एक मत ?

पाँच बर्षे कार्याकालका लागि सचिवमा नियुक्ति भएका सुरेश अधिकारीले पाँच महिनामै राजीनामा दिए पछि अब त्यहाँ लैजाने पात्र को होलान ? चासो र चर्चा छ । सुरेश अधिकारीले जागिरबाट फ्रष्टेड भएर राजीनामा दिएको उनी निकटकाहरु बताउँछन् । बैकुण्ठ अर्याल सहज रुपमा बर्हिगमन भएको भए मुख्यसचिव हुने थिए सुरेश । तर विकल र सुनिल पौडेलहरुको खेलोमेलोमा बैकुण्ठ अर्यालहरु पर्दा मुख्यसचिव बन्ने बाटै व्लक भयो । शिक्षा मन्त्रालयको सचिव हुँदै अवकाश गए वैशाखमा । अवकाशको दुई महिना पछि उनलाई प्रतिनिधि सभाको सचिवको जिम्मेवारी दिइयो । तर पाँचै महिनामा उनी किन बाहिरिए होला ?

बिज्ञापन

स्रोत भन्छन्,एकातिर संसदमा रमाउन नसक्नु अर्कातर्फ संवैधानिक आयोगको पदाधिकारीमा कुरा चल्नुले अधिकारीको राजीनामा आएको हो । अर्कातिर संसदमा कांग्रेसको प्रतिनिधित्व शून्य छ । सभामुख,उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष सबै काँग्रेस इतरका छन् । महासचिव पनि कांग्रेस निकट होइनन्, सचिव पनि कांग्रेसका नहुँदा काँग्रेसले त्यहाँ अप्ठ्यारो महसुस गरिरहेको छ । त्यही कारण कांग्रेसले आफू निकटको सचिव प्रतिनिधिसभामा छिराउन चाहन्छ । त्यसका लागि अधिकारीलाई संबैधानिक निकायमा पठाएर रिक्त सचिवमा कांग्रेसीलाई बनाउने चालबाजी हो भन्ने तर्क गर्नेहरु पनि छन् ।

बिज्ञापन

उसो त संसदभित्रैका कर्मचारीलाई सचिव बनाउनु पर्दछ भन्नेमा आवाज पेचिलो हुँदै गएको छ । अहिले संघीय संसदमा ११ जना सहसचिवहरु छन् । तीमध्ये एकराम गिरीको प्रवल सम्भवना छ भनिन्छ । गिरी अहिले संघीय संसद सचिवालयको प्रवक्ताको भूमिकामा छन् । यसअघि प्रवक्ता रहेका सहसचिव डा रोजनाथ पाण्डे सचिवमा बढुवा भए पछि गिरीले प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका छन् । उनी सार्वजनिक लेखा समितिको सभापति समेत हुन ।

यो यस्तो जिम्मेवारी हो,सरकारले चाहेको खण्डमा उपसचिव तहका कर्मचारीलाई त्यहाँ लगेर सचिव बनाउन सक्छ । सभामुख देवराज घिमिरेसँग नजिक रहेर काम गरिरहेको,संसद सेवा बुझेको कर्मचारी भएको र राजनीतिक दलहरुमा पनि संसदभित्रैका कर्मचारीलाई सचिव बनाइनुपर्दछ भन्ने ढङ्गबाट विचार आउन थालेका कारण एकराम त्यहा लगिए अनौठो र नराम्रो नहुने तर्क गर्दछन्,संसद सेवाकै कर्मचारी ।

बिज्ञापन

४८ सालदेखि संसदका सचिव बनेकामध्ये मनोहर भट्टराईमात्र सोही सेवाका हुन । पछि उनी महासचिव बने भरत गौतम पनि सोही सेवाबाट महासचिवको भूमिकामा पुगे । प्रशासनका कर्मचारीलाई टिपेर संसदमा छिराउँदा उस्लाई संसद बुझ्नै एक डेढ बर्ष लाग्ने हुँदा सोही सेवा समूह बुझेको कर्मचारीलाई सचिव बनाउनु पर्दछ भन्ने आवाज संसद सेवाभित्रैबाट उठ्न थालेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

बिशेष