सामाजिक सञ्जालबाट द्धेषपूर्ण अभिव्यक्ति दिनेलाई कारवाही गर्ने गृहको चेतावनी

 

बिज्ञापन

गृहमन्त्रालयले सामाजिक सञ्जालमा अमर्यादित गतिविधि नगर्ने आग्रह गरेको छ । मन्त्रालयले सामाजिक सञ्जालमा जातीय, धार्मिक र सांस्कृतिक सम्बन्धमा खलल पुर्‍याउने गतिविधि गर्नेलाई कारवाही गर्ने चेतावदी दिएको छ ।

बिज्ञापन

मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव ऋषिराम तिवारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न जोकसैलाई कानूनी कारबाहीको दायरमा ल्याउने चेतावनी दिएका हुन् ।

मन्त्रालयले विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली(बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेजस्ता घृणाजन्य अभिव्यक्ति र गतिविधि दण्डनीय अपराध रहेको स्मरण गराएको छ।

बिज्ञापन

मन्त्रालयका सहसचिव, प्रवक्ता ऋषिराम तिवारीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने भएकाले त्यस्तो कार्य नगर्नरनगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ।’

पछिल्लो समयमा सामाजिक सञ्जालमा द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुयाउने किसिमले घृणाजन्य अभिव्यक्ति व्यक्त गर्ने क्रम बढ्दै गएको कारण कानूनद्वारा वर्जित र दण्डनीय गतिविधिलाई कानूनी दायरामा ल्याइने भएकाले त्यस्तो कार्य नगर्न वा नगराउनु हुन सम्बन्धित सबैमा मन्त्रालयले आग्रह गरेको हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

बिशेष