रसुवाबाट करोडौंको जुत्ता तस्करी,राजश्व मिलाउन तस्करको दौडधूप

रसुवा भन्सार कार्यालयका कर्मचारीकै मिलेमतोमा एकाथरी प्रज्ञापनपत्र बनाएर भित्रै अर्काेथरी सामान हालेर पास गराइएको भेटिएको हो ।रसुवा भन्सारका कर्मचारीको मिलेमतोमा एक व्यापारीले सुटकेशको प्रज्ञापनपत्र बनाएर सो भित्र ३२ सय जाेर व्राण्डेड जुत्ता पास गराएको भेटिएको छ । यसरी भन्सारका कर्मचारीहरुको मिलेमतोमा जुत्ता पास भएको भेटिएसँगै त्यसमा राजश्व अनुसन्धान विभागले हात हालेको हो । विभागले उक्त गाडीलाई नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

अघिल्लो बर्षको भेप तस्करी प्रकरण सेलाउन नपाउँदै उक्त भन्सारका कर्मचारीहरुको मिलेमतोमा व्राण्डेड जुत्ता तस्करी भएको भेटिएको हो । अघिल्लो बर्ष भेप तस्करी हुँदा त्यहाँ (राप्रप) रामप्रसाद पाठक  भन्सार प्रमुख थिए। कारवाहीको डण्डा बर्साउनु पर्ने उनै पाठकलाई अहिले व्यवसायी दिपेश चालिसेहरुको जोडबलमा अहिले वीरगञ्ज पुर्याइएको छ ।

बिज्ञापन

रसुवाका भन्सार अधिकृत हंश रावलले उक्त गाडी छुटाएका हुन । हंश केही महिना अगाडि मात्र ढुण्डी निरौला विभागका महानिर्देशक हुँदा रसुवा पुगेका कर्मचारी हुन । उनी विरगञ्ज भन्सारबाट सिधै रसुवा भन्सार पुगेका हुन । उनको बिषयमा के हुन्छ ? भनेर भन्सारका सूचना अधिकारीसँग जिज्ञासा राख्दा ती अधिकारी सम्पर्कमा आउन चाहेनन् । यस्तै रसुवा भन्सारका प्रमुख तुलसीप्रसाद भट्टराईलाई यस बिषयमा जिज्ञासा राख्दा उनी पनि सम्पर्कमा आउन चाहेनन् ।

अहिले तिनै व्यापारीलाई जोगाउन राजश्वदेखि भन्सारका कर्मचारीहरु लागि परेका छन् । केही दिन अघि रसुवा भन्सारबाट व्यवसायी बुद्ध लामाले नक्कली प्रज्ञापन पत्र बनाएर सामान छिराइएको भेटिएको हो । सुटकेशको प्रज्ञापन बनाएर उक्त सुटकेशभित्र व्राण्डेट जुता पास गराइएको भेटिएसँगै त्यसमा राजश्व अनुसन्धान विभागले हात हालेको हो ।

बिज्ञापन

राजश्व अनुसन्धान स्रोतका अनुसार,सुटकेशभित्र ३२ सय जोडा व्राण्डेड जुत्ता ल्याइएको भेटिएको हो । ब्राण्डेट जुत्ताको मूल्य अहिले ४५ डलर प्रति जुत्ताको नेपाली मूल्य ६ हजार ७५ रुपैंया पर्न आउँछ । ३२ सय जोडा जुत्ताको आजको विदेशी मुद्रा विनियम अनुसार १३५ का दरले बिगोमात्र १ करोड ९४ लाख ४० हजार हुन आउँछ ।

यस्तै यसमा ३० प्रतिशत भन्सार,१३ प्रतिशत कर समेत जोड्दा ९१ लाख ३६ हजार ८ सय र बिगो २ करोड ८५ लाख ७८ हजार ८ सय हुन आउँछ । बिगो,जरिवाना समेत गर्दा झण्डै ५ करोड ११ लाख ५३ हजार रकम हुने आउने बताइएको छ । उक्त सामान विना राजश्व छुटाउनका लागि अहिले एकाथरी विचौलिया र व्यापारीहरु शक्तिकेन्द्र धाइरहेका छन् ।

अहिले यो प्रकरण राजश्व अनुसन्धान विभागको चार नम्बर पिल्लरले हेरिरहेको छ । यो पिल्लरका हर्ताकर्ता हुन मणिराम पौडेल । पौडेल दुई पटकसम्म भैरहवा भन्सारका हाकिम बनेर बसेका कर्मचारी हुन । पछिल्लो समय भैरहवा भन्सारमा हुँदा काजु काण्ड लागेपछि त्रिवि एयरपोर्ट भन्सारमा तानिएका उनी त्यहाँबाट पुल्चोकस्थित राजश्व अनुसन्धान विभाग पुगेका हुन ।हेर्न बाँकी छ विगतमा बदनामीमा मुछिएका मणिरामले यो प्रकरणमा कसरी काम गर्दछन् ।

यो बिषयमा महानिर्देशक चण्डीप्रसाद घिमिरेसँग कर्मचारी प्रेसले जिज्ञासा राख्दा,शंका लागेका कारण उक्त गाडी नियन्त्रणमा लिएको र सम्बन्धित व्यक्ति सम्पर्कमा आए पछि उक्त सामानहरु खोलेर हेर्ने र दूधको दूध पानीको पानी छुट्याउने प्रतिक्रिया दिए ।

यसरी त्यहाँबाट जाँचपास गराइएको सामानलाई राजस्‍व नतिराई सेटिङमा उन्मुक्ति दिनका लागि केही तस्करहरुको शक्तिकेन्द्रमा दौडधूप शुरु भएको छ । अहिले ३२ सय संख्यामा ल्याइएको जुत्तालाई कम संख्या बनाउने वा व्राण्डेटलाई कमसल मूल्यको देखाएर राजश्व मिलाउनका लागि दौडधूप तिव्र भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

बिशेष