अतिरिक्तका कर्मचारी थन्काउने प्राधिकरणलाई चाहियो सीइओ

गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आव्हान भएको छ ।
७६ साल मंसिर २६ मा कार्यकारी प्रमुखमा नियुक्त भएका अनिल पोखरेल घर जाने भए सँगै सो पदमा लैजानका लागि कार्यकारी नियुक्ति प्रक्रिया अगाडि बढाइएको हो ।
प्राधिकरणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १० बमोजिम प्राधिकरणको कार्यकारी प्रमुखमा आजको मितिले १५ दिनभित्र गृह मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखा, सिंहदरबारमा आइपुग्ने गरी रीतपूर्वकको दरखास्त पेस गर्न सूचनामार्फत आग्रह गरिएको छ ।

बिज्ञापन

२९ मंसिर २०७६ मा खुलेको यो कार्यालय गृहको छाँयामा परेको छ । ३६ कर्मचारीको दरबन्दी रहेको उक्त कार्यालयमा गृहमा अतिरिक्त समूहमा रहेका कर्मचारी थन्काउने थलो बन्न पुगेको छ ।

बिज्ञापन

गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाको नेतृत्व सहसचिवबाटै हुन्छ । प्राधिकरणमा राजनीतिक नियुक्ति लिएर आएका सहसचिवस्तरकै सीईओ रहने गर्दछ ।

प्राधिकरणमा सीईओसँगै नेपाल सरकारका प्रशासन र प्राविधिक सहसचिवहरु पनि कार्यरत छन् । ऐनले अधिकार सम्पन्न परिकल्पना गरे पनि प्राधिकरणलाई मन्त्रालयको विपद् महाशाखा अन्तर्गतको शाखा जस्तो गरी चलाइएको कर्मचारीहरु गुनासो गर्दछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

बिशेष