‘लोकसेवा गुरु’को मुद्धामा विपक्षी झिकाउन सर्वाेच्चको आदेश

सर्वाेच्च अदालतले तत्कालीन सचिव तथा आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्माको भ्रष्टाचार मुद्दामा विपक्षी झिकाउने आदेश गरेको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले केहीबेरअघिको सुनुवाइपछि यो आदेश गरेको हो।

बिज्ञापन

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्माविरूद्ध कर फर्स्योट प्रकरण र अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दा चलाएको थियो। विशेष अदालतबाट कर फर्स्योट प्रकरणमा उनलाई दोषी करार गरेको थियो ।

बिज्ञापन

सचिव बन्ने लाइनमा रहेका उनी यही प्रकरणमा डामिएर निलम्बनमा परेका थिए । अख्तियारले ७४ सालमै यो मुद्धा अगाडि बढाएको थियो । यो प्रकरणमा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले ९ वर्ष कैद गर्नुका साथै बिगो र जरिवाना तोकेको थियो। अदालतले शर्मालाई ९ वर्ष कैद सजाय र ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्ने विशेषको फैसला थियो ।

कैद र जरिवानावापतको रकम जम्मा नगरेका शर्मा अहिले डिल्लीबजार कारागारमा छन् । उनले उक्त मुद्धामा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन पनि दिएका थिए । पूर्व सहसचिव,जस्ले लेखेका पुस्तक पढेर वा घोकेरै धेरैले निजामती सेवामा नाम समेत निकालेका छन्,उनै लोकसेवाको गुरु चुडामणि शर्मा अहिले सावा र व्याज नै फिर्ता गर्नुपर्ने स्थितीमा पुगेका छन् ।अदालतले तोकेको बिगो र जरिवाना वापतको रकम धरौटी राख्न नसकेपछि उनी थुनामा पुगेका हुन् ।

बिज्ञापन

अब विशेष अदालतले गरेका फैसलाविरूद्ध सर्वोच्च अदालतमा दुवै तर्फबाट बहस हुने भएको छ।

निजामती सेवामा प्रवेश गर्न चाहने प्रतिस्पर्धीमाझ पुस्तक लेखकका रुपमा परिचित शर्माको विगत पनि राम्रो रहेन । सुनसरीको प्रजिअ हुँदा सुगम ग्यासको फुटरिङ कटिङजस्तो संवेदनशिल कालोबजारी मुद्दामा मिलेमतोमा मुछिए । ललितपुरको सिडिओ हुँदा गैरकानूनी रुपमा ढुंगाखानी सञ्चालनको अनुमती दिने निर्णयका कारण विवादमा तानिए । काठमाडौंको प्रमुख जिल्ला अधिकारीदेखि सम्पत्ति शुद्धीकरणको हाकिम भएर जहाँ जहाँ बसे,त्यही विवादमा फसे ।सम्पत्ति शुद्धीकरणमा रहँदा अधिकृत शम्भु चालिसे १० लाख रुपैंयाँ घुस सहित पक्राउ परेको घटनामा शर्माको समेत नाम जोडियो ।

आन्तरिक राजस्व विभागको महानिर्देशक भइसकेपछि शर्मा ३३ अर्ब रुपैयाँ पुजीगत लाभकर छली गरेको दुरसंचार कम्पनी एनसेललाई उन्मुक्ति दिन पनि मुख्य भुमिका निर्वाह गरेका आरोप लाग्दै आएको थियो ।

स्याङ्जामा जन्मेका शर्माको काठमाडौंको बूढानिलकण्ठमा अलिसान बंगला ठडाएका छन् । उनको निवाससम्म पुग्न ५–६ वटा गेट पार गर्नुपर्छ । शर्माको घर करीव २५ रोपनी जग्गामा फैलिएको छ । सो घरमा शर्माले पत्नीलाई तरकारी किन्न जानका लागि ५० लाखको गाडी किनिदिएका चर्चा एक समय व्यापक थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रिय किताबखानाले थाल्यो ‘अभिलेख शुद्धीकरण अभियान’

पतञ्जली जग्गा प्रकरणमा मुछिएका सहसचिव २५ हजार धरौटी बुझाएर छुटे

अबदेखि सरकारी सेवामा नियुक्त कर्मचारीले पाउँने छैनन् पेन्सन {परिपत्रसहित}

प्रमुख प्रशासकीय अधिकृत सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सीमा सुरक्षामा स्थानीय तहको सहभागिता महत्वपूर्ण : सशस्त्र प्रहरी बलद्वारा सीमावर्ती वडाध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

पूर्व प्रशासकहरुलाई धमाधम बैंकमा नियुक्ति

कुलिङ पिरियडको चलखेलमा मुछिएका सभापतिको प्रतिक्रिया : “छानबिन समिति बनेपछि जिम्मेवारी छाड्छु”

११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

बिशेष