भ्रष्टाचार मुद्धामा उपसचिवसहित ५ दोषी ठहर,२ बर्ष ६ महिना कैद सजाय

विशेष अदालतले भ्रष्टाचार मुद्धामा तत्कालीन मेयर,प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनालाई दोषी ठहर गरेको हो । अदालतले सिराहाको कर्जन्हा नगरपालिका तत्कालीन मेयर,प्रमुख प्रशासकीय अधिकृत सहित पाँचलाई दोषी ठहर गर्दै २ बर्ष ६ महिना कैद सजाय सुनाएको हो । विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु,रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले गत कात्तिक ३० गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेकोमा आज सजाय सुनाएको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/ ७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको भन्दै उनीहरूविरुद्ध १ करोड ८ लाख रुपैयाँ बिगो माग दाबी गर्दै २०८० चैत १४ गते विशेष अदालतमा मुद्दा दायर गरेकोमा विशेष अदालतले तत्कालीन मेयर गंगा पासमान र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आह्वानको लागि निर्णय गरी सार्वजनिक सम्पत्तिको नोक्सानी पुर्‍याएको जनाएको छ।

बिज्ञापन

यस अघि उच्च अदालत जनकपुरले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र स्थानान्तरण नगराउन आदेश दिएको थियो। त्यस्तै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविनकुमार महतोले निर्माणस्थलको व्यवस्था नभइ भवन बनाउनको लागि सम्झौता गरेको र निर्माण कम्पनीलाई पेश्की रकम दिएको अख्तियारले दाबी गरेको छ।

निर्माण व्यवसायी महालक्ष्मीरपाण्डे एण्ड कम्पनीरड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवले कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि पेश्की लगेर काम सुरू नगरेको अख्तियारको भनाइ छ। गङ्गा पासवान र प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँच जनालाई दोषी ठहर गरेको छ।

बिज्ञापन

विशेषले उनीहरूलाई जनही २१ लाख ६० हजार जरिवाना, २ वर्ष ६ महिना कैद र बिगो बमोजिम जरिवानाको फैसला सुनाएको हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

बिशेष