‘फ्रस्टेसन’ को कारण सचिवले दिएको राजीनामा स्वीकृत

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिएको राजीनामा स्वीकृत भएको छ । उनले सोमबारदेखि लागू हुने गरी आइतबारमात्र राजीनामा दिएका थिए ।

बिज्ञापन

स्वास्थ्यको कारण देखाउँदै उनले जिम्मेवारी सम्हालेको पाँच महिनामै राजीनामा दिएकोमा राष्ट्रपति पौडेलले मंसिर १० देखि लागू हुनेगरी स्वीकृत गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छिन । “राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष संघीय संसद्को प्रतिनिधिसभा सचिव श्री सुरेश अधिकारीले संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधि सभाको सचिव पदबाट मिति २०८१ मंसिर ९ गते दिनुभएको राजीनामा मिति २०८१/८/१० देखि लागु हुने गरी सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बिज्ञापन

गत वैशाखमा शिक्षा सचिवबाट अवकाश पाएका उनलाई असार महिनामा संसद सचिवालयमा ल्याएर प्रतिनिधि सभाको सचिव नियुक्त गरिएको थियो । गत असार १८ गते सभामुख देवराज घिमिरेको सिफारिसमा अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका थिए । सभामुख विदेशमा भएको बेला उनले राजीनामा दिएका हुन् ।

बिज्ञापन

राजीनामाका कारण स्वास्थ्य समस्या देखाइए पनि ‘फ्रस्टेसनका कारण उनले राजीनामा दिएको संसद सचिवालय स्रोतले जनाएको छ । सचिव हुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यकारी भूमिका निर्वाह गरेका अधिकारी संसदको सचिवको खुम्चिएको भूमिकामा बस्न नचाहेर राजीनामा दिनुभएको हो ।

नेपाल सरकारको सचिव हुँदा विभिन्न मन्त्रालयमा मन्त्रीलाई समेत हल्लाउने हैसियत बनाएका सचिवलाई कतिपय अवस्थामा केही माननीय र तिनका स्वकीय सचिवले आत्थु आत्थु पारेको र संसद अधिवेशन नभएको बेला कालो चिया खाँदै अनलाइनमा समाचार र टेबुलमा पत्रिका पढ्नेबाहेक केही काम नभएको गुनासो सचिव अधिकारीले गर्दै आएको उनकै युनिटमा कार्यरत कर्मचारीहरुको भनाई छ ।

संसद सचिवालय स्रोतका अनुसार दशैंअघि दशैं खर्च पनि नलिने भन्दै राजीनामा दिन लागेका थिए । तर, थामथुम पारेर केही पर धकेलिए पनि हिजो राजीनामा दिएका थिए सो राजीनामा हिजै स्वीकृत भइसकेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डा. बद्री रिजालको नेतृत्वमा नयाँ टिम, वरिष्ठ उपाध्यक्ष डा. सन्जिब तिवारी र महासचिव डा. विश्वराज दवाडी उम्मेदवार

सिद्धार्थनगरमा सरकारी गाडी बेपत्ता: पार्टी महाधिवेशन प्रयोगबारे प्रश्नचिन्ह

आ.व. २०८२/८३ मंसिरसम्म राजस्व सङ्कलनः लक्ष्यको ७८.७४ प्रतिशत मात्रै प्राप्त

भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका पहारी एमाले अनुशासन आयोगको अध्यक्ष

संगठनात्मक सामाजिकीकरण र सामाजिक गतिशीलता

३९१ नासुसहित ४५० कर्मचारीकै एकै लटमा सरुवा

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

बिशेष