विशेषले चोख्याउने,अख्तियार सर्वोच्च धाउने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन दर्जनौं मुद्दाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका ती मुद्दामा चित्त नबुझेपछि आयोगले पुनरावेदन गरेको हो ।

बिज्ञापन

आयोगलाई विशेषको फैसला चित्त नबुझे पछि सर्वाेच्च अदालत धाउने सिलसिला जारी छ । अख्तियारलाई विशेषको फैसलिा चित्त नबुझे पछि प्रतिवादी भूषण झा, भीमबहादुर रोकाया, दलबहादुर बुढा, सुष्मा कार्की भण्डारीविरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले विसं ०८० फागुन १८ गते सफाइ दिएको थियो । विशेष अदालतले गरेको उक्त फैसलामा आयोगले चित्त नबुझाइ आयोग सर्वाेच्च अदालत पुगेको छ ।

बिज्ञापन

त्यस्तै, आयोगले घनश्याम दुवे, ठाकुरप्रसाद गुरौला, शक्तिप्रसाद सापकोटा, पुष्पा सापकोटाविरुद्ध विशेषमा दायर गरेको मुद्दामा सफाइ दिएको थियो । झुट्ठा सरुवा पत्रका आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको अभियोगमा मनकाकुमारी अवस्थी, नरबहादुर कुँवर, जयराज जोशीको मुद्दामा पनि विशेषले सफाइ दिएको थियो । सो मुद्दामा आयोगले पुनः पुनरावेदन गरेको छ ।

सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अभियोगमा आयोगले दायर गरेको मुद्दामा चन्द्रसिंह लामा, सङ्गीता चौलागाई, माधवप्रसाद चौलागाईंलाई पनि विशेष अदालतले सफाइ दिएको थियो । निजहरुलाई गत जेठ २३ गते दिइएको सफाइ चित्त नबुझेको भन्दै आयोगले शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

आयोगले सम्राटबहादुर शाहविरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले गत मङ्सिर ७ गते सफाइ दिएको थियो । प्रतिवादी महेश सिंह कठायत समेतको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेको भन्दै शुक्रबार पुनरावेदन गरेको छ ।

त्यस्तै, प्रतिवादी विनोदकुमार यादवविरुद्ध गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको अभियोगमा दायर भएको मुद्दामा समेत विशेषले विसं २०८० फागुन ६ गते सफाइ दिएको थियो । सो फैसलामा समेत चित्त नबुझाई पुनरावेदन गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

प्रतिवादी परशुराम अधिकारी, सीताराम पोखरेल, ताराप्रसाद जोशी र प्रसाराम भुसाल, भक्तरत्न तुलाधर, शशी तुलाधर, रानु तुलाधर र दिव्य तुलाधरविरुद्ध दायर भएको मुद्दामा २०८० माघ ७ गते सफाइ दिएको थियो । सो फैसलाविरुद्ध आयोग शुक्रबार सर्वोच्च अदालत पुगेको हो ।

प्रतिवादी नारायणप्रसाद पौडेल लगायतको मुद्दामा समेत विशेषले गत मङ्सिर ७ मा सफाइ दिएको थियो । सो मुद्दामा पनि आयोगले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । यस्तै, सरकारी रकमको हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा केशवप्रसाद आचार्य, लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद, पुष्पराज सिग्देल विरुद्धको मुद्दामा पनि विशेषले विसं २०८० पुस १८ गते सफाइ दिएको थियो । सो सफाइमा चित्त नबुझेको भन्दै आयोगले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।

यस अघि हाइटेक नर्सरी निर्माणमा साढे चार लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहरसहित अख्तियारले कृषि विकास कार्यालय हुम्लाका तत्कालिन कार्यालय प्रमुख चन्द्रभुषण झासहित चार जनाविरुद्ध मुद्दा दायर गरेको थियो । यद्यपि,विशेष अदालतको गत फाल्गुन १८ गतेको फैसलाबाट उनीहरुले सफाई पाएका हुन् । जग्गाको नक्सा परिवर्तन गरेको आरोपमा नापी कार्यालय, रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित चार जनामाथि मुद्दा दर्ता भएकोमा पनि विशेष अदालतले गत फाल्गुन १७ गते सफाई दिएको हो ।

नियुक्ति नै नभएको व्यक्तिलाई झुट्टा सरुवा पत्रको आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले जिल्ला शिक्षा कार्यालय, बैतडीका तत्कालिन शिक्षा अधिकारी अमरप्रसाद भट्टसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । यद्यपि,विशेष अदालतले गत फागुल्न १७ गते प्रतिवादी सबैलाई सफाई दिने फैसला सुनायो ।

यस्तै, सामुदायिक वन उपभोक्ता समितिको रकम मिलीजुली दुरुपयोग गरेको दाबी गर्दै अख्तियारले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४, स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका तत्कालिन अध्यक्ष चन्द्रसिंह लामासहित तीन जनाउपर मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालको गत असार २७ गतेको फैसलाबाट उनीहरुले सफाई पाएका छन् । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा नियुक्ति लिएको ठहर गर्दै अख्तियारले नेपाल वायुसेवा निगमका तत्कालिन चालक सम्राटबहादुर शाहउपर मुद्दा दर्ता गरेकोमा विशेष अदालतले गत असार २७ गते सफाई दिएको हो ।

मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी दुरुपयोग गरेको भन्दै तत्कालिन उदयपुरको साविक रामपुर ठोक्सिला गाविसका तत्कालिन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता भएकोमा विशेष अदालतको गत पुस १८ गतेको फैसलाबाट सफाई पाएका थिए ।

पीसीआर परीक्षण नै नगरी गलत प्रतिवेदन तयार पारेर भ्रष्टाचार गरेको भन्दै गंगाला राष्ट्रिय हृदय केन्द्रका तत्कालिन प्रयोगशाला प्रमुख विनोदकुमार यादवविरुद्ध मुद्दा दर्ता गरिएको थियो । विशेष अदालतको गत फागुल्न ६ गतेको फैसलाबाट उनले सफाई पाएका छन् ।

सोही कार्यमा मतियारको रुपमा काम गरेको भन्दै नारायणप्रसाद पौडेलउपर मुद्दा दर्ता गरिएकोमा विशेष अदालतले गत कात्तिक ३० गते सफाई दिएको हो । यस्तै, सरकारी जग्गा व्यक्तिको नाममा कायम गरेको ठहर गर्दै मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन उपसचिव परशुराम अधिकारीसहित चार जनाविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको थियो । तर, विशेष अदालतको गत माघ १८ गतेको फैसलाबाट प्रतिवादी सबैले सफाई पाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।