किरिया खर्चको रकममा पनि घुस खाने सुब्बा अख्तियारको नियन्त्रणमा

कर्मचारीमाथि एउटा आरोप लाग्ने गर्दछ,अवसर पाए कात्रोमा समेत कमिसन खान पछि पर्दैनन् ।

बिज्ञापन

त्यस्तै आरोपलाई पृष्टि गरेका छन्,एक नासुले । जिल्ला प्रशासन कार्यालय महोत्तरीका नासु अशोक कुमार यादवले किरिया खर्चमा समेत घुस लिएको पाइएको छ । यादवले किरिया खर्चको रकमबाट घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बिज्ञापन

नासु यादवले सवारी ज्यान कसुर मुद्दामा मृतकको आफन्तले पाउनु पर्ने किरिया खर्च तथा क्षतिपूर्ति बापतको रकममा समेत घुस लिएका हुन । सेवाग्राही उक्त खर्च लिन जाँदा सुव्वाले सेवाग्राहीसँग घुस माग गरेका हुन् । पीडित पक्षबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित यादवलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

अख्तियारले शुक्रवार महोत्तरी जिल्ला प्रशासन कार्यालयमा छापा मारेर केही महत्वपूर्ण कागजात जफत गरेको र यादवमाथि थप अनुसन्धान भइरहेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरले जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसा प्रकरण : विचौलिया पछि मतियारलाई पाँच लाख धरौटीमा छाड्न आदेश

मेडिकलको नाममा वैदेशिक रोजगारीमा संगठित बेथिति: ३६ स्वास्थ्य संस्था र मेनपावरको मिलेमतोमाथि कडा छानबिन

व्यक्तित्व विकासका लागि जीवन परिवर्तन गर्ने १० पुस्तकहरू

अख्तियारमै कार्यरत डीएसपीमाथि छानबिन

हाइकुहरू

अधिकृत खटाइँदा झापामा ‘सेटिङ’को आशंका, कर्मचारी असन्तुष्ट

बहालवाला उपसचिव नै काँग्रेस उमेद्धारको चुनाव प्रचार प्रसारमा

निजामती प्रशासनको चुनौतीपूर्ण भावीमार्ग  

बिशेष