लम्साललाई प्रधानमन्त्री कार्यालय,राईको काँधमा कामू सचिवको जिम्मेवारी

सरकारले राजदूत सेवा लम्साललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सारेको छ । यस्तै परराष्ट्र मन्त्रालयका बरिष्ठ सहसचिव अमृतबहादुर राईलाई कायम मुकायमको जिम्मेवारी दिइएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर राईलाई कायममुकायम मुकरर गर्ने निर्णय गरेको हो।

बिज्ञापन

बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै परराष्ट्र सचिव पद रिक्त हुन पुगेको थियो । संसदीय सुनुवाई समितिको बैठकले सरकारले बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएका लम्सालको नाम सर्बसम्मतबाट अनुमोदन गरेसँगै रिक्त रहेको उक्त पदमा अमृतबहादुर राईलाई मुकरर गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार,राजदूत सिफारिस भएकी सचिव सेवा लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।

बिज्ञापन

राई यस अघि मन्त्रालयका सहसचिव एवम प्रवक्ता समेतको जिम्मेवारी निर्वाह गरिरहेका थिए । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधिको कार्यकाल सकेर यही वर्ष फर्केका राईले चीन हेर्ने उत्तरपूर्वी डिभिजनको नेतृत्व सम्हाल्दै आएका उनी परराष्ट्रमा सबैभन्दा वरिष्ठ सहसचिव हुन् ।

मन्त्रालयमा सचिव हुने लाइनमा अमृतबहादुर राई, कृष्णप्रसाद ढकाल र निर्मलराज काफ्ले रहेका छन् । यी मध्य राई सबैभन्दा वरिष्ठ सहसचिव हुन् ।सरकारले उनैलाई कामूको जिम्मेवारी दिएको हो । परराष्ट्र मन्त्रालयमा वरिष्ठताका आधारमा सचिवमा नियुक्त हुने परम्परा रहदैँ आएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

बिशेष