सांस्कृतिक योद्धा खुसीराम पाख्रिनका योगदानको यसरी गरियो स्मरण

चेतनाथ धमला
वरिष्ठ जनगायक खुसीराम पाख्रिनको सातौँ स्मृति दिवस जनसांस्कृतिक महासङ्घ नेपालले भव्यतापूर्वक मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख अग्नीप्रसाद सापकोटाले खुसीराम पाख्रिनको तस्बिरमा अबिरसहित माल्यार्पण गर्नुभयो।प्रमुख अतिथि सापकोटाले खुसीराम पाख्रिन एक दार्शनिक भएको बताउनुभयो । पाख्रिनको गीत लेखन, कविता लेखन, संस्मरण लेखन, ओपेरा लेखन तथा निर्देशनमा व्यक्त विचार र भावना नेपाली क्रान्तिका लागि मार्ग निर्देशन थिए । गाउँघरमा विहे हुँदा कसार बनाउने नेपाली चलन छ कसारको गुदी र बोक्रा भन्ने हुँदैन । समग्र गुदी नै कसार हो पाख्रिनका रचना र सिर्जना त्यही गुदी हुन् भन्ने कुरामा जोड दिनुभयो ।

बिज्ञापन

विशेष अतिथि पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले वरिष्ठ जनगायक खुसीराम पाख्रिनका गीतमा नृत्य गर्दा आफूहरूलाई तत्कालीन शाहीसेनाको फौजले पक्राउ गरेको स्मरण गर्दै तत्कालीन सत्तालाई हल्लाउन सक्ने तागत पाख्रिनका गीतमा रहेको चर्चा गर्नुभयो । उनले पुर्याएको योगदानलाई थप उजागार गर्न जोड दिनुभयो ।साङ्गीतिक क्षेत्रलाई उत्पादनसँग जोडेर निर्माण, समृद्धि र समाजवादमा पुग्नलाई सांस्कृतिककर्मीको विशेष योगदान रहने बताउनुभयो।

बिज्ञापन

अतिथि जनसांस्कृतिक महासङ्घका इन्चार्ज,पूर्व अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ईश्वरचन्द्र ज्ञवालीले खुसीराम पाख्रिन सांस्कृतिक क्षेत्रका एक धरोहर हुन ,उनले नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलन सङ्गीत र कलाको क्षेत्रबाट विशिष्ट योगदान पुर्याएका छन् । उनका रचनाहरू सर्वहारा गरिब वर्गका पिँधमा पुगेर अनुभूति गरिएका परिवर्तनगामी चेतनाले भरिएका छन् ।विचार,व्यवहार ,चेतना र कर्मक‍ो सन्तुलन पाख्रिनमा पाइन्छ ।उनी सर्वहारा वर्गका सच्चा हितैषी हुन।पाख्रिनलाई सम्झिनुको अर्थ विचार र व्यवहारमा सन्तुलन ल्याउँदै समाजवादी क्रान्तिको बाटोमा अघि बढ्नु हो ।

कार्यक्रमका अतिथि नेकपाका पोलिटब्युरो सदस्य तथा जनकलाकार माइला लामाले खुसीराम पाख्रिन पञ्चायतकालदेखि गणतन्त्रसम्म निरन्तर क्रान्ति र समाजवादी संस्कृतिको सुन्दर बाटोमा हिँडेका सच्चा सांस्कृतिक योद्धा हुन् । पाख्रिनको गीतलेखन र साङ्गीतिक क्षेत्र जस्तो सरल थियोे ,उनको जीवन पनि त्यस्तै सरल थियोे भन्दै जनयुद्धकालीन सहयात्राका बारेमा स्मरण गर्नुभएको थियोे।

बिज्ञापन

अतिथि जनगायक तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुष्मा महरा प्रगतिले खुसीराम पाख्रिन साङ्गीतिक अभिभावक र क्रान्तिकारी व्यक्तित्वको भूमिकाबाट कहिल्यै विचलित नभएको बताउनुभयो । सांस्कृतिक क्षेत्रका आदर्श ,निष्ठा र प्रेरणाप्रदत्त व्यक्तित्व पाख्रिनबाट धेरै कुरा अनुशरण गर्नुपर्ने बताउनुभयो ।

अतिथि जनगायक तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य कर्ण गौतम विद्रोहीले खुसीराम पाख्रिनसँग बिताएका पलहरूको स्मरण गर्दै पाख्रिन क्रान्तिकारी सांस्कृतिक चेतना भएका अनुकरणीय व्यक्तित्व रहेको चर्चा गर्नुभयो।

जुन समर्पण,त्याग र निष्ठा सबैका लागि मार्गदर्शन भएकाले समाजवादी सांस्कृतिक चिन्तन खुसीराम पाख्रिनबाट सिक्न सकिने बताउनुभयो ।सभाध्यक्ष तथा जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष भीम कुमाखीले वरिष्ठ जनगायक खुसीराम पाख्रिनले पुर्याएको जनसांस्कृतिक योगदानबाट सिकेर अघि बढ्नुपर्ने बताउँदै समाजवादी सांस्कृतिक रूपान्तरणमा लागिपर्नुपर्ने बताउनुभयो ।

उद्घोषक तथा जनसांस्कृतिक महासङ्घ नेपालका महासचिव केशव सिलवालले कार्यक्रम सञ्चालनका क्रममा वरिष्ठ जनगायक खुसीराम पाख्रिनको विशिष्ट राजनीतिक र साङ्गीतिक योगदानबारे चर्चा गर्नुभयो।

कार्यक्रममा वरिष्ठ जनगायक खुसीराम पाख्रिन रचित लाल झुपडीका मान्छेहरु र जित्नै पर्छ यो अन्तिम लडाइँ तिमीले लडेर जस्ता बोलका जनगीतहरू प्रस्तुत गरियो । पाख्रिनको जीवनको अन्तिम गीत,युवाहरू हो यो देश तिम्रै हो र कर्ण विद्रोहीद्वारा रचित खुसीरामको सम्झनामा आज जुटिरहेछौँ जस्ता बोलका जनगीत पनि प्रस्तुत गरियो। उक्त गीत कुष्मा महरा प्रगति ,कर्ण गौतम विद्रोही , केसरी घर्तीमगर एलिना ,डम्बर रोकाया, दीपक राई र अमर रोका मगर ले प्रस्तुत गर्नुभयो।यसैगरी कार्यक्रममा लक्ष्मी रुम्बा , सोनाम सज्जनले कविता र आरोह सिले,समरका यात्रीहरू गीत प्रस्तुत गर्नुभएको थियो ।

२०७४ सालमा कीर्तिशेष भएका वरिष्ठ जनगायक खुसीराम पाख्रिनको जन्म २००९ सालमा गोरखामा भएको थियोे ।उनी नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार थिए भने जनयुद्धकालमा भारतको प्रवासमा रही अखिल भारत नेपाली एकता समाजलाई क्रियाशील बनाउँदै सङ्गठन निर्माणमा उल्लेखनीय योगदान पुर्याउनु भएको थियोे।पाख्रिन जनसांस्कृतिक महासङ्घ नेपाललगायतका सांस्कृतिक सङ्घ संस्थामा समेत आबद्ध रहनु भएको थियोे।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।