बीपी राजमार्ग रातको समयमा ७ घण्टा बन्द हुने

काठमाडौं । गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त भएको बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ ।सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घण्टा बन्द हुनेछ ।

बिज्ञापन

सडकखण्ड अन्तर्गत चौकीडाँडा, नार्के बजार र कालढुङ्गा भ्याकुरे खोला देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेकाले सडक बन्द गरिएको हो । रातिको समयमा राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा जनाइएको छ ।

बिज्ञापन

बीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म गएरातिबाट सात घण्टा सवारी साधन सञ्चालन बन्द गरिएको कार्यालयले जनाएको छ ।सडक कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको समयमा उक्त राजमार्गमा गाडी नचलाउन आग्रह गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजीनामा दिने तयारीमा स्वास्थ्यमन्त्री

प्रमुख दलका निवास केन्द्रित युवाहरुको आन्दोलन

कृषिमन्त्री अधिकारीले दिए राजीनामा,अन्य तीन मन्त्रीले राजीनामा दिने बारे छलफलमा

सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीको आगजनी

उपत्यका प्रहरीको नेतृत्व कार्कीलाई,सिडियोलाई निलम्बन गरेर कारवाही गर्ने तयारी

काङ्ग्रेसलाई उपमहासचिव भण्डारीको चेतावनी: समयमै सरकार छोड्नुहोस्, नभए कार्यकर्ता छाड्छन्

शेखर कोइरालाले कांग्रेस मन्त्रीहरूलाई राजीनामाको तयारी गर्न निर्देशन दिए

काठमाडौं,ललितपुर र भक्तपुरमा कर्फ्यू आदेश

बिशेष