हिमालहरु हाम्रो पहिचान हो, यसको रक्षा सबैले मिलेर गर्नुपर्छ : डा. नारायण प्रसाद रेग्मी

काठमाडौं । पर्यटन विभागका महानिर्देशक डा नारायण प्रसाद रेग्मीले सरकारले हिमाली क्षेत्रमा हुने फोहोर नियन्त्रणको लागि धेरै कदमहरु चालिसकेको बताएका छन् ।

बिज्ञापन

बुधबार काठमाडौंमा विश्व शौचालय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले गाँउ, सहरहरुमा सरसफाई गर्ने र शौचालय बनाउने काम सजिलो भएपनि हिमाली क्षेत्रमा यस्तो काम गर्न गाहे हुने भन्दै सरकारले आवश्यक कदमहरु चालेको बताएका हुन् ।

बिज्ञापन

यस्तै, उनले यो काम सरकार एक्लैले गर्न नसक्ने भन्दै यसको लागि बृहत सहकार्य आवश्यक पर्ने बताए ।
उनले भने, ‘सरकारले यसको लागि हिमाली क्षेत्रमा हुने फोहोर नियन्त्रणको लागि धेरै नै कदमहरु चालिसकेको छ । र गर्वका साथ भन्न सक्छु कि सरकार सधैं तयार छ, हिमाललाई सफा गर्ने कुरामा तर हामीलाई अन्य संस्थाहरुको सहयोग पनि चाहिन्छ । सरकार एक्लैले सबै कामहरु गर्न सक्दैँन् । गाँउ र सहरहरुमा सरसफाई गर्ने र शौचालय बनाउने काम सजिलो हुन्छ तर हिमाली क्षेत्रमा यस्तो काम गर्न अलि गारो नै हुन्छ त्यही कारण हामीलाई यो काम गर्नको लागि बुहत सहकार्यको आवश्यकता पर्छ । सरकार यसको लागि सधैँ तयार छ ।’

यसवर्ष कार्यक्रमको नारा ‘हाम्रो हिमालय सफा रहिरहोस्, भविष्यका नागरिक र सँगी आरोहीहरूले हिमालयलाई स्वच्छ राख्ने जिम्मेवारी लिनुपर्छ ।’ भन्ने रहेको छ ।
यसको साथै, उनले हिमालहरु भनेको हाम्रो पहिचान भएको भन्दै यसको रक्षा सबै मिलेर गर्नुपर्ने बताए ।
उनले भने, ‘तपाईंहरुले जुन हिमालको बारेमा कुराहरु उठाउनु भएको छ त्यसमा म र मेरो संस्था एकदमै सचेत छ । म पनि के विश्वास गर्छु भने हिमालयहरु हिमालको रुपमा मात्र होईन की यो हाम्रो जीवन, संस्कारको प्रतिक पनि हो । हामी नेपाल मात्र होइन पूरै विश्व नै हिमाल र हिमालयन संस्कारबाट प्रभावित भएका हुन्छन् । त्यसैले हिमालहरु भनेको हाम्रो पहिचान हो र हामीले यसको रक्षा गर्नुपर्छ ।’

बिज्ञापन

कार्यक्रममा आरोही, आरोहण सञ्चालक र पर्यटनकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

श्रम मन्त्रालयको गाडी विवाद:- राजनीतिक उपहार कि प्रशासनिक अपराध ?

कर्मचारीतन्त्र मात्र होइन राजनीतिमा पनि कुलिङ पिरियड राखौं: गोविन्द भट्टराई

राष्ट्रिय किताबखानाले थाल्यो ‘अभिलेख शुद्धीकरण अभियान’

पतञ्जली जग्गा प्रकरणमा मुछिएका सहसचिव २५ हजार धरौटी बुझाएर छुटे

अबदेखि सरकारी सेवामा नियुक्त कर्मचारीले पाउँने छैनन् पेन्सन {परिपत्रसहित}

प्रमुख प्रशासकीय अधिकृत सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सीमा सुरक्षामा स्थानीय तहको सहभागिता महत्वपूर्ण : सशस्त्र प्रहरी बलद्वारा सीमावर्ती वडाध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

पूर्व प्रशासकहरुलाई धमाधम बैंकमा नियुक्ति

बिशेष