मालपोतको कर्मचारी सरुवामा छानबिन समितिले के- के देख्यो कैफियत ? (प्रतिवेदनसहित)

मालपोतका कर्मचारी सरुवामा महानिर्देशक कृष्णप्रसाद सापकोटाले बदमासी भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । गत असोज १ देखि १४ गतेसम्मको मितिमा भएको सरुवामा महानिर्देशक कृष्ण सापकोटा र उनको समूहले बदमासी गरेको निष्कर्ष निकालिएको छ ।

बिज्ञापन

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटाले गत असोज १ देखि १४ सम्मको मितिमा ४५ शाखा अधिकृत, दुई सय २६ नायब सुब्बा, एक सय चार खरिदार र ४४ कम्प्युटर अपरेटर सरुवा गरेका थिए । यो सरुवा गर्दा ७ करोडको खेलोमेलो भएको गुनासो तथा उजुरी पछि मन्त्रिस्तरीय निर्णयबाटै कार्तिक २ मा एउटा समिति बन्यो । जहाँ प्रशासन महाशाखाका सहसचिव मदन कोइरालाको संयोजकत्वमा उपसचिव कृष्णप्रसाद भण्डारी र कानुन अधिकृत गोकुल भुजेल सदस्य छन् ।

बिज्ञापन

उक्त समितिले मन्त्री र सचिवलाई कार्तिक १४ मै प्रतिवेदन बुझाएका थिए । उक्त प्रतिवेदनको सुझाव खण्डमा विभागबाट हुने पदस्थापन सरुवा मापदण्ड स्वीकृतका लागि मन्त्रालयमा पेश गर्ने,विभागमा रहेका कर्मचारीको विवरण अद्यावद्यिक गर्ने,रिक्त दरबन्दीमा पदस्थापन हुन बाँकी कर्मचारीको शीघ्र पदस्थापन गर्ने,विभाग वा अन्र्तगत नासु तहका कर्मचारी दरबन्दीभन्दा बढी पदस्थापन भई आएकाले आवश्यक व्यवस्थापनका लागि मन्त्रालय वा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पदस्थान गर्ने सुझाइएको छ ।
यस्तै,उपत्याकाभित्रैका मालपोत कार्यालयबाट उपत्याका भित्रैका मालपोत कार्यालयमा पठाइएका कर्मचारीलाई उपत्याका बाहिर खटाउन समेत सुझाव दिइएको छ । निजामती सेवा ऐन अनुसार पारिवारिक तथा स्वास्थ्य प्रतिकुल भएका कर्मचारीहरुलाई उनीहरुको माग बमोजिम दरबन्दी रिक्त भएको ठाउँमा खटाउन समेत सुझाव दिइएको छ ।


यस्का अलवा निजामती कर्मचारी सेवा ऐन अनुसार अवधि नपुगेका कर्मचारीहरुको हकमा उनीहरुको माग बमोजिम सरुवा बदर गर्ने समेत सुझाइएको छ ।
उक्त प्रतिवेदनमा कर्मचारीले स्पष्ट कारण खोजी सरुवा निवेदन दिएको अबस्थामा सोको संबोधन हुने गरी मानवीय संवेदनालाई ख्याल गर्दै पदस्थापन,सरुवा वा कामकाजमा खटाउन समेत सुझाइएको छ ।

बिज्ञापन

मन्त्रालय स्रोतका अनुसार,उक्त प्रतिवेदन मन्त्री र सचिवलाई बुझाइएकै दिन सहसचिव कृष्ण सापकोटा प्रतिवेदनको प्रिन्ट लिन आएका थिए । कृष्ण सापकोटा लामो समय स्थानीय तहमा बसेका कर्मचारी हुन । उनको ठूलो लगानी घरजग्गा र हाउजिङ्गमा फसेको बताइएको छ । डेढ करोड चेक बाउन्स नै हुँदा इटहरी तरहराको घर बेचेर सेटल गरेका उनी पैसा आउँछ भने पछि टुँडिखेल नै पास गरिदिने प्रवृत्तिका कर्मचारी भएको बताउँछन्,उनीसँगै काम गरेका कर्मचारी ।

भूमिको डिजी हुँदा कर्मचारी सरुवा गरेर घरजग्गामा फसेको रकम उठाएको चर्चा कर्मचारी वृत्तमा चल्ने गरेको छ । यही सरुवामा बदमासी गरेर उनी राष्ट्रिय योजना आयोगतिर सरुवा भइसकेका छन् । उनै डिजीमाथि कारवाही हुनुपर्ने कर्मचारीको माग छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।