अचम्मको संयोग एउटै कार्यालयमा तीन विमला अर्याल :-खरिदार,सुब्बा र अधिकृत

भनिन्छ जीवन नियमले होइन संयोगले चल्दछ । यस्तै संयोग देखिएको छ,उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा ।

बिज्ञापन

त्यहाँ एकै नाम र थर भएका महिला कर्मचारी छन् । उक्त कार्यालयमा कार्यरत तीन कर्मचारीको एउटै नाम छ । घर पनि एउटै जिल्ला रहेको पाइएको छ । उनीहरु हुन् गुल्मीकै विमला अर्याल ।
पछिल्लो समय निजामतीमा गुल्मीको उपस्थिती बाक्लिदो छ । सोही जिल्लाबाट एउटै नाम र थरी भएका तीन गुल्मेली त्यहाँ कार्यरत रहेको भेटिएको छ । यी तीनै बिमला गुल्मी जिल्लाको एउटै पालिका मालिका गाउँपालिकाका हुन । जो मध्ये एउटी खरिदार, अर्की नायब सुब्बा अनि अर्की चाहिँ शाखा अधिकृत पदमा कार्यरत रहेका छन् ।

बिज्ञापन

मालिका गाउँपालिकाका ३ बिमला अर्याल अहिले बुटवल इजलासमा कार्यरत् छन् । ती मध्ये कान्छी अर्थात् खरिदार पदमा कार्यरत बिमलाको घर मालिका हो भन्ने अन्य दुई बिमलाका माइती ।

१६ महिना अघि लोकसेवा उत्तीर्ण गरि जिल्ला अदालत गुल्मीमा पदस्थापन भएकी खरिदार बिमला हालैमात्र उच्च अदालत सरुवा भएकी हुन। शिक्षण पेशामा रहेकी बिमला लोकसेवा पास गरेपछि जिल्ला अदालत हुँदै उच्च अदालतको इजलासमा खटिएकी हुन् ।

बिज्ञापन

२७ वर्षीया बिमला अर्याल चाहिँ नायब सुब्बा छिन् । मालिकाकी बिमला अहिलेसम्म त्यहीँ कार्यरत छिन् । दुईवर्षदेखि उनी इजलासमा काम गर्दै आएकी सुब्बा बिमला दरबन्दी यहीँ भए पनि अर्को साताबाट काजका लागि भैरहवा जिल्ला अदालतमा खटिँदैछिन् ।

यस्तै शाखा अधिृकत विमला विगत ८ महिनादेखि कार्यरत छिन् । नवलपरासी जिल्लामा दरबन्दी भएकी बिमलाको माइती गुल्मीको मालिका हो ।हाल उनीहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । एउटै नामका तीन जना एउटै कार्यालयमा जागिरे भएपछि धेरैले अचम्मको संयोग भनेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

बिशेष