पाँच बर्ष अघि कटौती गरिएको दरबन्दी अहिले थप्ने प्रस्ताव,गृहबाट अर्थमा पुग्यो फाइल

आफू निकटस्थलाई बढूवा गर्नका लागि दरबन्दी थप्ने र अनुकुलका प्रहरीलाई छेक्न दरबन्दी कटौती गर्ने खेलोमेलो विगतदेखि नै चल्दै आएको छ,प्रहरीमा । जस्तो पाँच बर्ष अघि ओली नेतृत्वकै सरकारले कटौती गरेको थियो डीआइजीको दरबन्दी । अहिले उनै ओली सरकारले डीआइजीको दरबन्दी थप्ने तयारी गरिरहेको छ ।

बिज्ञापन

केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ चैतमा एकसाथ १२ जना डीआईजीको दरबन्दी कटौती गरेको थियो। एआईजीको दरबन्दी पनि ९ बाट घटाएर तीन वटामा सीमित गरिएको थियो। अहिले उक्त दरबन्दी बढाएर ८ पुर्‍याइएको छ। प्राविधिकसहित प्रहरीमा अहिले एआईजीको दरबन्दी ९ पुगेको छ।

बिज्ञापन

पाँच बर्ष अघि कटौतीमा परेको दरबन्दी अहिले बढाउन खोजिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार नेपाल प्रहरीमा ५ जना प्रहरी नायव महानिरीक्षकको दरबन्दी थप गर्ने प्रस्ताव अर्थमा पुगेको छ । गृहले जनपदतर्फ ३ जना र प्राविधिकतर्फ २ जना गरेर ५ डीआईजी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा स्वीकृतीका लागि पठाइएको छ ।५ डीआईजी थप्दा आर्थिक भार थपिने भन्दै मन्त्रालयले स्वीकृतिका लागि अर्थमा फायल पठाएको हो । गृहबाट आएको प्रस्तावउपर कुनै निर्णय भइनसकेको अर्थ स्रोतले बतायो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिम केन्द्र) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा डीआईजीको दरबन्दी थप गर्नुपर्ने प्रस्ताव गरिएको हो । यी तीनवटै ठाउँमा एसएसपीको दरबन्दी रहे पनि अहिले डीआईजी नै खटाइँदै आएको छ ।

बिज्ञापन

यस्तै प्राविधिकतर्फ सञ्चार निर्देशनालय र केन्द्रीय विधि विज्ञान प्रयोगशालामा एक-एक जना थप गर्न प्रस्ताव गरिएको छ । अहिले सञ्चार निर्देशनालयमा एसएसपी गोपालप्रसाद रेग्मी र विधि विज्ञानमा एसएसपी राकेश सिंह कार्यरत रहेकाले उनीहरूलाई नै बढुवा गर्नेगरी दरबन्दी थपको प्रस्ताव गरिएको हो । प्रहीमा प्राविधिकतर्फ अहिले ७ डीआईजी छन् । २ जना डीआईजीपी थपिए यो संख्या ९ पुग्नेछ ।

उता सशस्त्र प्रहरी बलतर्फ एकजना अतिरिक्त महानिरीक्षक (एआईजी) र एकजना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप्ने प्रस्ताव गृहले अर्थमा पठाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष