बिदाको निर्णय ढिलो हुँदा सेवाग्राही र कर्मचारी समस्यामा

कर्मचारी कार्यालयमा पुगिसकेका छन् । उता सेवाग्राहीको लाइन छ । हठात क्याविनेटले निर्णय गर्दछ आज सार्वजनिक बिदा ।

बिज्ञापन

यस्तो कच्चा निर्णय गर्दा केपी ओली सरकारको उक्त निर्णयको अहिले चौतर्फी आलोचना भइरहेको छ । आइतबार बिहानको क्याविनेट बैंकठले अकस्मात सार्वजनिक बिदा दिएसँगै सेवाग्राही,कर्मचारीहरुदेखि सर्वसाधरणसम्म सरकारी निर्णयको चौतर्फी आलोचना भइरहेको छ

बिज्ञापन

पूर्वसभामूख दमननाथ ढुंगानाको निधनपछि सरकारले आइतबार शोक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सोमबार बिदा दिने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णय बिहान साढे ९ बजेपछि मात्रै सार्वजनिक भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले ९ बजेका लागि मन्त्रिपरिषद् बैठक राखेका थिए। प्रधानमन्त्री सचिवालयका अनुसार आकस्मिक रूपमा बैठक डाकिएको थियो।

 

बिज्ञापन

बिहानको क्याविनेटले यस्तो निर्णय गर्दा पौने दश भइसकेको थियो । सरकारले बिदा दिँदा स्कुल वा कलेजका बिहानी कक्षा सक्किसकेका थिए । दिउँसोको पढ्ने सरकारी विद्यालयमा पनि विद्यार्थीहरू पुगिसकेका थिए । यस्का अलवा अधिकांश विद्यालयमा विद्यार्थी र शिक्षकहरु पुगिसकेका थिए भने सरकारी कार्यालयमा कर्मचारीहरु पुगेर केहीले हाजिर गरिसकेका थिए । केही बाटैमा थिए ।

अधिकांश कर्मचारीहरुले कार्यालयमा पुगिसकेपछि विदाको सूचना थाहा पाए । सरकारले यो निर्णयलाई कतिपय कर्मचारीहरुले बच्चाको भाँडाकुटी खेलसँग तुलना गरेका छन् । उद्योग मन्त्रालयका एक सहसचिवले सरकारी यो निर्णयलाई केटाकेटीको भाँडाकुटी खेलको संज्ञा दिए । सरकारको यो निर्णयले धेरै सेवाग्राहीले सास्ती पाएकोमा उनले चिन्ता पोखे ।
हाल कीर्तिपुर नगरपालिकाको प्रशासकीय कमाण्ड गरिरहेका उपसचिव माधव ढकालले सामाजिक सञ्जालमा लेखे,सार्वजनिक विदा कि भोलि दिनुपर्ने, कि त हिजो निर्णय गर्नुपर्ने । हतारमै गर्दा पनि विहान ७ ८ बजेभित्र गर्नुपर्ने थियो कि । म त कार्यालय पुगिसकें ।

यस्तै सहसचिव वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले सामाजिक सञ्जालमा लेखे,हामी त सेवा दिन तयारी अवस्थामा छौँ। पूर्वसभामुख दमननाथ ढुंगानाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।”

सेवाग्राहीको अत्याधिक भीड हुने यातायात,राहदानी विभाग,मालपोत लगायतका कार्यालयमा सेवाग्राहीको लाइन लागेको स्थिति थियो । यस्तो अबस्थामा ती कार्यालयमध्ये केहीले सेवाग्राहीको मध्यनजर राख्दै सेवा दिइरहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

बिशेष