पूर्व मुख्य सचिव अर्यालले दिए राजीनामा,स्वीकृत हुन बाँकी

 

बिज्ञापन

पूर्व मुख्य सचिव बैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार उनले हिजो बेलुका राजीनामा बुझाएका हुन ।

बिज्ञापन

सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतका न्यायधीशहरु अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले व्यक्ति र कम्पनी गरी १२ प्रतिवादी रहेको मुद्दामा पूर्व मुख्य सचिव अर्याललाई सफाइ दिएको थियो ।

चार महिना अघि अख्तियारले मुख्यसचिव अर्यालसहित १२ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएसँगै उनी निलम्बनमा परेका थिए । अख्तियारले ९असार, २०८१ मा मुख्यसचिव अर्यालसहित १२ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेसँगै मुद्धा चलेका सरकारी कर्मचारीहरु निलम्बनामा परेका थिए । सरकारले उनको दरबन्दी राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरेको थियो ।अर्यालको निलम्बनपछि असारदेखि लीलादेवी गड्तौला पहिले निमित्त र पछि कायममुकायम मुख्यसचिव बनिन् । भदौ १३ गतेदेखि सचिव एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त भएका थिए ।

बिज्ञापन

अख्तियारले चलाएको उक्त मुद्धामा सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक पौडेल र तत्कालिन निर्देशक श्रेष्ठमात्र दोषी ठहर भएका थिए ।
विशेषबाट सफाइ पाए लगतै अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट रमाना बुझेका थिए । त्यहाँबाट रमाना बुझेका अर्यालले हिजो राष्ट्रिय योजना आयोगमा हाजिर गरेर हिजै साँझ राजीनामा बुझाएका हुन ।

सरकारले योजना आयोगमा सिर्जित विशेष पदमा कायम गरेपछि झण्डै एक वर्ष पदावधि बाँकी रहेका अर्यालले हिजो राजीनामा दिएका हुन।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार उनको राजीनामा स्वीकृत भइसकेको छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डा. बद्री रिजालको नेतृत्वमा नयाँ टिम, वरिष्ठ उपाध्यक्ष डा. सन्जिब तिवारी र महासचिव डा. विश्वराज दवाडी उम्मेदवार

सिद्धार्थनगरमा सरकारी गाडी बेपत्ता: पार्टी महाधिवेशन प्रयोगबारे प्रश्नचिन्ह

आ.व. २०८२/८३ मंसिरसम्म राजस्व सङ्कलनः लक्ष्यको ७८.७४ प्रतिशत मात्रै प्राप्त

भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका पहारी एमाले अनुशासन आयोगको अध्यक्ष

संगठनात्मक सामाजिकीकरण र सामाजिक गतिशीलता

३९१ नासुसहित ४५० कर्मचारीकै एकै लटमा सरुवा

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

बिशेष