बेनामे उजुरीले बढुवाको मुखैमा सहसचिवमाथि आइलागेको दु:ख

चिन्ता ‘बूढी मरीभन्दा पनि काल पल्किएको’मा हो । बढुवाको मुखैमा आफ्नै सहकर्मीहरु लागेर कसरी सिध्याउँछन् ?  उदाहरण खोज्न टाढा जानै पर्दैन, सहसचिव डण्डु घिमिरे नै काफी छन् । जीवनभर सुशासनको लागि लडेका पूर्व सचिव शरदचन्द्र पौडेल बढुवाको मुखैमा अख्तियार लाग्दा जसरी आत्महत्या गर्ने स्थितिमा पुगे, उस्तै स्थिति झेल्दैछन् सहसचिव घिमिरे ।

बिज्ञापन

अकूत आर्जन गरेको भन्दै अख्तियारमा बेनामे उजुरी परेसँगै दशैं, तिहारको बिदा सकेर गत शुक्रवार उनलाई रातो घरले बयानका लागि बोलाएको थियो । बयान दिएर फर्किएलगत्तै प्रेसरले हानेर ढलेका उनी ललितपुर नक्खुस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार गराउँदैछन् ।

बिज्ञापन

घिमिरे बाबुराम अधिकारी, मदन भुजेल, चन्द्रकला पौडेल, शोभाकान्त पौडेल, भूपाल बरालसँगै सचिव हुने लाइनमा छन् । ५८ बर्षे उमेर हद कायम रहेमा अझै ३ वर्ष जागिर खान्छन् । ६० बनाइएको खण्डमा थप २ बर्ष जागिर खान पाउँछन् । उनीभन्दा कनिष्ठ खगेन्द्र सुवेदी, कृष्णप्रसाद काप्री, बैकुण्ठप्रसाद अर्याल, इमनारायण श्रेष्ठ र इन्दु घिमिरे हुन् ।

साढे तीन वर्षदेखि श्रम मन्त्रालय मातहत राखिएका उनलाई केही समय अगाडि वैदेशिक रोजगार विभागको महानिर्देशकबाट मन्त्रालयमा तानिएको छ । घिमिरे पैसाका लागि मरिमेट्ने कर्मचारी होइनन् । सँगै काम गरेका एक सहसचिवका अनुसार उनी पाउने सुविधासमेत नलिने कर्मचारीका रुपमा चिनिन्छन् । अधिकांश समय नरम कार्यालयको काम गरेका उनी केही समय पर्यटन विभाग र वैदेशिक रोजगार विभागमा रहेको र त्यहीबेला श्रीमती, सासू र सालीहरूको नाममा सम्पत्ति थुपारेको आरोप छ ।

बिज्ञापन

दोलखाको एउटा सामान्य कृषक परिवारमा जन्मिएका घिमिरेले ललितपुर कुसुन्तीको आठ आना जग्गामा घर, मैतीदेवी, काठमाडौंको ४ आना जग्गामा ५ तल्ले पक्की घर बनाएसँगै सहकर्मीहरुले उनलाई अकुत आर्जनमा पोलेका हुन् । छोरा बंगलादेश र छोरीले लुम्बिनी मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेका छन् । यद्यपि यी सबै श्रीसम्पत्ति पत्नी डा। अनिता भट्टराईबाट आर्जित हो भन्छन्,उनी निकटस्थहरु । अनिता नेपालकै ठूलो एनजिओकर्मीमध्येकी हुन् । नाइसर नामक कन्सल्टेन्सी एवं रिसर्च फर्ममा वल्र्ड बैंक, युएसएड, डिएफआइडी, युनिसेफ, सेभ द चिल्ड्रेन, वल्र्ड भिजनजस्ता वैदेशिक दातृ निकायबाट बिड हालेर प्रोजेक्ट ल्याउँछिन् ।

यही नाममा अहिले उनलाई अख्तियारले दागा धर्ने काम गरिरहेको बताइन्छ । थोरै दबाबमा पनि तनाव महसुस गर्ने स्वभावका डण्डु सोही कारण ढलेको छिमेकीहरु बताउँछन् । उसो त अख्तियारले मुद्दा चलाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालदेखि मधु मरासिनी, कृष्ण राउतसहित अध्यागमनका डिजी रुद्रमानसिंह तामाङ्गदेखि रितेश शाक्य र गोदावरीका एक अर्ब काण्डवाला मेयर गजेन्द्र महर्जनसम्मलाई विशेष अदालतले क्लिन चिट दिइसकेको छ ।

बढुवाकै मुखमा रहेका पर्यटनका अर्का सहसचिव बुद्धि लामिछानेमाथि अख्तियार लाग्दा उनी पनि निलम्बित छन् । विषय विज्ञता भएका अर्का सहसचिव नहुँदा पर्यटन मन्त्रालयको उक्त पद सात महिनादेखि रिक्त छ । टिप्पणी उठाएको र निर्णय प्रक्रियामा भाग लिएको भन्दै एकपछि अर्को कर्मचारीलाई भ्रष्टाचारको मुद्दा चलाइँदा सिंहदरबारका अधिकांश कर्मचारीहरुले हिजोआज कलम चलाउनै छाडेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसा प्रकरण : विचौलिया पछि मतियारलाई पाँच लाख धरौटीमा छाड्न आदेश

मेडिकलको नाममा वैदेशिक रोजगारीमा संगठित बेथिति: ३६ स्वास्थ्य संस्था र मेनपावरको मिलेमतोमाथि कडा छानबिन

व्यक्तित्व विकासका लागि जीवन परिवर्तन गर्ने १० पुस्तकहरू

अख्तियारमै कार्यरत डीएसपीमाथि छानबिन

हाइकुहरू

अधिकृत खटाइँदा झापामा ‘सेटिङ’को आशंका, कर्मचारी असन्तुष्ट

बहालवाला उपसचिव नै काँग्रेस उमेद्धारको चुनाव प्रचार प्रसारमा

निजामती प्रशासनको चुनौतीपूर्ण भावीमार्ग  

बिशेष